arrow

तीन दलको ढिपीले सदन ‘बन्दी’

संविधान संशोधन विधेयक कार्यसूचीमा प्रवेश

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
parliament.jpeg

काठमाडौं । दलहरुबीचको विवाद मिल्न नसकेपछि फेरि पनि सदनको अवरोध खुल्न सकेन । सोमबार दिउँसो बसेको संसद बैठक विपक्षी दलको अवरोधले अघि बढ्न नसकेको हो । 

विपक्षी एमालेसहित ८ दलले संविधान संशोधन विधेयक संसदको कार्यसूचीमा राखेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने भन्दै बैठक चल्न दिएनन् ।

संसद बैठक बस्नु अघि सहमतिको प्रयास गर्ने भन्दै सभामुख ओनसरी घर्तीले कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेता  र प्रमुख सचेतकहरुको बैठक बोलाए पनि कुनै प्रगति हुन सकेन ।

बैठकमा दलका नेताहरुले आ–आफ्नो अडान राखेपछि सदनको अवरोध खोल्ने र संविधान संशोधन, कार्यान्वयन र निर्वाचनबारे थप छलफल हुन नसकेको सभामुखका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिए ।

बैठकपछि एमाले उपाध्यक्ष बामदेव गौतमले माओवादी र कांग्रेसका नेताहरुले संशोधन प्रस्तावमा सहयोग गर्न आग्रह गरेका थिए तर, आफुहरुले असंवैधानिक प्रस्तावलाई स्वीकार्न नसक्ने जवाफ दिएको सुनाए ।

काँग्रेस माओवादीका नेताले एमाले नेताहरुलाई चुनावमा जाने कि नजाने भनेर सोध्दा एमालेका नेताहरुले चुनावमा जान तयार छौं तर संशोधन प्रस्तावमा सौदावाजी गरेर चुनावमा नजाने जवाफ दिए ।

संशोधन विधेयक, निर्वाचनका २ विधेयक कार्यसूचीमा
सरकारले ल्याएको संविधान संशोधन विधेयक र निर्वाचन सम्बन्धि दुईवटा विधेयक संसदको कार्यसूचीमा परेका छन् । संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुँइकेलले भने, ‘तीन वटै विधेयक कार्यसूचीमा राखियो । तर, विपक्षीको विरोधले बैठक चल्न नसकेपछि अघि बढेनन् ।’ अब अर्को बैठक विहिबार दिउँसो १ बजे बस्ने सहप्रवक्ता कुँइकेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ