arrow

फिटा विधेयक : पुँजीबजारमा वैदेशिक लगानी नभित्र्याउन सुझाव

नेपालीलाई भन्दा विदेशीलाई बढी सुविधा दिन नहुनेमा नेपाली उद्यमीकाे जोड

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
FIta1.jpeg
काठमाडौं । सरकारले ल्याउन लागेको ‘वैदेशिक लगानी(एफडिआई) सम्बन्धि कानुनको संशोधन तथा एकीकरण गर्न बनेको विधेयक’ (फिटा) को अन्तिम बहस सम्पन्न भएको छ । सोमबार ललितपुरमा भएको अन्तक्रिया कार्यक्रममा सरकारले ल्याउन लागेको विधेयक माथि विभिन्न क्षेत्रका प्रतिनिधिहरूले टिप्पणी तथा सुझाव दिएका थिए ।  उद्योग मन्त्रालयको आयोजनामा भएको उक्त विधेयकको मस्यौदा तयार पार्नु भन्दा अगाडि पनि मन्त्रालयले देशका विभिन्न स्थानमा गएर यस विषयमा अन्तक्र्रिया कार्यक्रम गरिसकेको छ । 
 
अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले फिटा विधेयकका अधिकांश व्यवस्थाहरु राम्रा भएपनि केही व्यवस्थाहरु राज्यको लागि समेत हानिकारक रहेको बताएका छन् । कार्यक्रममा सहभागीहरुले विधेयकको दफा ४ मा उल्लेख गरिएको धितोपत्रमा लगानी गर्न सक्ने व्यवस्थामा उल्लेखित केही प्रावधानहरुका कारण भविष्यमा मुलुकको अर्थतन्त्रलाई समस्याग्रस्त बनाउन सक्ने भन्दै यस्तो व्यवस्था हटाउन सुझाव दिएका हुन् । 
 
कार्यक्रममा बोल्दै उद्योग मन्त्री नविन्द्रराज जोशीले सरकार अबको १० वर्ष भित्र कुनैपनि नेपालीलले रोजगारीको लागि विदेशिन नपर्ने गरप् रणनीति तयार पार्न लागिरहेको बताएका छन् । उनले उत्पादन विना कुनैपनि मुलुकको समृद्धि सम्भव नभएको भन्दै सरकारले स्वदेशी तथा विदेशी उत्पादन मूलक उद्योगलाई खुल्ला हृदयले स्वागत गरिरहेको बताए । त्यस्ता उद्योगहरुलाई नेपाल सरकारले आवश्यक सहयोग गर्न पनि तयार रहेको उनको भनाई थियो । 
 
कार्यक्रममा बोल्दै धितोपत्र बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले धितोपत्रमा लगानी गर्ने व्यवस्था होस् या त अन्य जुनसुकै व्यवस्था किन नहोस् । लगानीकर्ताले कानूनी व्यवस्थालाई हेरेर लगानीको योजना बनाउने भएकोले लगानी मैत्री वातावरण भएको भनेर चचर्नमा आएका मुलुकहरुको व्यवस्थालाई नेपाल अनुकूल परिमार्जन गरी अघिबढ्नु पर्ने सुझाव दिए । विधेयकमा धेरै ठाउँमा ‘तोकिए अनुसार’ भनेर उल्लेख गरिएको भन्दै यस्ता वाक्यहरुले लगानीकर्तामा भ्रम सृजना गर्नसक्ने तर्क पनि उनले गरे । 
 
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले नेपाली उद्योगललाई भन्दा विदेशी उद्योगलाई बढी सुविधा दिन नहुने बताएका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष मुरारकाले पहिलेको भन्दा अहिलेको विधेयक धेरै राम्रो रहेको भन्दै यस्ता लगानी मैत्री वातावरण सिर्जना भएको खण्डमा नेपालमा बैदेशिक लगानी भित्रीनेमा आफूहरुपनि आशावादी रहेको उनको भनाई थियो । साना उद्योगहरुमा पिदेशीलाई लगानी गर्न दिन नहुने धारणा पनि मुरारकाले व्यक्त गरे । 
 
कार्यक्रममा बोल्दै डा. पोषराज पाण्डेले नेपालमा धितोपत्रमा लगानी गर्ने बेला नभएको भन्दै सीमित संस्थाहरुको लहैलहैमा लागेर सरकारले धितोपत्रमा लगानी खुल्ला गर्न नहुने धारणा व्यक्त गरे । ‘मलाई लाग्दैन कि नेपाल धितोपत्र बजारमा विदेशी लगानी गर्नेको आह्वान गर्ने तहमा पुगिसकेको छ । हाम्रो जस्तो अस्थिर राजनीतिले कामगर्ने परिपाटी रहेको मुलुकमा धितोपत्रमा लगानी हामी कसको स्वार्थमा गर्दैछौं ’
 
यस विषयमा धेरै वक्ताहरुले यो व्यवस्था हटाउन माग गरेका छन् । त्यस्तैगरी, यस भन्दा अघि २७ वटा प्रतिवन्धित व्यवस्थाहरु रहेको ऐनमा अहिले आएर १३ ओटा मात्रै प्रतिबन्धित व्यवस्थाहरु राखिएकोमा पनि केही वक्ताहरुले आपत्ति जनाएका छन् । 
 
उता,निजी क्षेत्रका प्रतिनिधिहरुले भने सरकारले ल्याउन लागेको उक्त विधेयकले विदेशी कम्पनीलाई नेपाली भन्दा बढी सुविधा दिन लागेको गुनासो गरेका छन् । जग्गाको हदबन्धि, जग्गा प्राप्तिको प्रावधान लगायतका विषयमा सरकारले नेपाली उद्योगलाई भन्दा बढी सुविधा दिएको आरोप उनीहरुको छ । सरकारले विधेयकलाई अन्तिम रुप दिनको लागि यस्तो बहस आयोजना गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ