arrow

अज्ञात समूहको गोली लागि घाइते भएका युवा संघ अध्यक्ष तिवारीको मृत्यु

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
goli-thokeko.jpeg

बुटवल । अज्ञात समूहले प्रहार गरेको गोली लागेर घाइते भएका युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको मृत्यु भएको छ । तिवारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो देवदह खैरेनीमा पल्सर मोटरसाइकलमा आएका अपरिचित दुई जनाले तिवारीलाई गोली हानेर भागेका बताइएको छ ।

छातीमा गोली लागेका तिवारीको देवदहमै रहेको देवदह मेडिकल कलेजमा उपचार गर्दा गर्दै मृत्यु भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ । हठी स्वभावका तिवारीको यसअघि पनि हत्या प्रयास भएको बताइँदै छ । उनी गिट्टी, बालुवा र ढुङ्गा सप्लाइ गर्दै आएका थिए । घटना राजनीतिक प्रतिशोध नभई व्यवसायिक टकराव हुन सक्ने प्रहरीको अड्कल छ । 

तिवारी मोटरसाइकलमा हिँडिरहेकै बेला मोटरसाइकलमा आएकाहरुले पिछा गरेका र गोली हानेर उनीहरु फरार भएका बताइएको छ । फरार रहेका ती दुईको खोजी भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ