arrow

रविन्द्र अधिकारीका ‘४७ योजना’ : साढे तीन करोडको खाका

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
rabindra-adhikari.jpeg

पोखरा । व्यवस्थापिका–संसदको विकास समिति सभापति रवीन्द्र अधिकारीले निर्वाचन क्षेत्र विकास कार्यक्रम र क्षेत्र विकास पूर्वाधार कार्यक्रमअन्तर्गत तीन करोड ५० लाखको ४७ वटा योजना सार्वजनिक गरेका छन् ।

कास्की जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद अधिकारीले पत्रकार भेटघाट कार्यक्रममा विगतका कार्यक्रमको समीक्षा र आव २०७३–७४ विकास कोषको योजना एवम् विनियोजित रकम सार्वजनिक गरेका हुन् ।

सार्वजनिक योजनामध्ये निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको तीन करोड रकम मध्ये फेवाताल संरक्षणका लागि ५० हजार छुट्याएको जानकारी दिँदै अधिकारीले पोखरा उपमहानगरपालिकाबाट ५० हजार र विभिन्न सङ्घसंस्थाबाट ५० हजार गरी कुल एक करोड ५० लाखको लागतमा जलकुम्भी झार व्यवस्थापनका लागि आधुनिक उपकरण खरिद गर्ने जानकारी दिए ।

यस्तै, निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत कास्की र स्याङ्जा जिल्लाको सिमानास्थित साल्मे डाँडामा गोर्खा भूतपूर्व सैनिकद्वारा निर्माणाधीन गोर्खा स्मारकका लागि १० लाख विनियोजन गरिएको छ ।

क्षेत्रगत रुपमा विभिन्न चरणमा छलफल एवम् प्राविधिक सहयोग र विवादरहित उपभोक्ता समितिका आधारमा योजना छनोट गरिएको बताउँदै अधिकारीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा २५ वटा र क्षेत्र विकास कार्यक्रमअन्तर्गत २२ वटा योजना रहेका बताए ।

यसैगरी नगरपालिकामा थप भएका वडालाई प्राथमिकता दिइएको, सडक नाला निर्माण १३ वटा योजनाका लागि एक करोड ३७ लाख, खानेपानीतर्पm पाँच योजनाका लागि ५० लाख र छवटा भवन निर्माणका लागि ६३ लाख विनियोजन गरेको अधिकारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ