arrow

संजयलाई कतार एयरवेजको प्रायोजन

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
sanjay-wit-katar.jpeg
काठमाडौं ।  एन्टार्कटिका महादेशको शिखर आरोहणको तयारीमा रहेका विश्व पर्वतारोही संजय पण्डितलाई कतार एयरवेजले हवाई प्रायोजक गर्ने भएको छ । एयरवेजले काठमाडौंदेखि चिलीसम्मको अतिविशिष्ट (विजनेश क्लास) करिब ५ लाख बराबरको टिकट प्रायोजन गर्ने भएको हो । 
 
सोमबार  काठमाडौंमा एयरवेजका कन्ट्रि डाइरेक्टर जय प्रकाश नेयरले  पण्डितलाई कतार एयरवेजको झण्डा, ज्याकेट र टोपी हस्तान्तरण गरे । पण्डितले विश्व सर्वोच्च शिखर सगरमाथा, युरोपको एल्ब्रस, अमेरिकाको एकंन्कागुवा, अफ्रिकाको किलीमन्जारो, जापानको शिखर फुजी, प्राणघातक हिमाल भनेर चिनिने मनास्लु, छुकुङ्ग्री, आइल्याण्ड पिक, नागार्जुन पिकको सफल आरोहण गरिसकेका छन् । 
 
पण्डितले अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियस्को ५ घण्टा १३ मिनेट तथा अफ्रिकाको सर्वोच्च शिखर किलीमन्जारो २५ घण्टा ४० मिनेट लगाई आधार शिविरदेखि शिखरसम्म दौरा शुरुवाल, भादगाउँले टोपी लगाई उल्टो हिडेर सफलतापूर्वक आरोहण गरिसकेका छन् । 
 
पण्डितले एल्ब्रसको टाकुरामा ६ मिनेट ३ सेकेन्ड अर्ध नांगिएर कीर्तिमान कायम गरेका छन् । पण्डितले फुजी, अमेरिकन सर्वोच्च शिखरमा नेपाली दौरा शुरुवाल, भादगाउँले टोपी प्रदर्शन गरेका छन् । पण्डितले कतार एयरवेजको झण्डा एन्टार्कटिकामा फर्फराउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ