arrow

राष्ट्रघाती कदम भन्नेले राष्ट्रवादसँग जोड्ने दृष्टिकोण घातक र दुःखद् : गगन थापा

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
Gagan-thapa.jpeg

जनकपुरधाम । स्वास्थ्यमन्त्री गगन थापाले संसद्मा पेस गरिएको संविधान संशोधनको प्रस्ताव पारित हुने विश्वास लिएका छन् । जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग मन्त्री थापाले संविधान संशोधनका विषयमा प्रमुख प्रतिपक्षी दल एमालेसँग संवाद जारी रहेको र एमाले पनि संशोधनको पक्षमा अग्रसर हुने सम्भावना प्रबल रहेको छ,–भने ।

मन्त्री थापाले संविधान संशोधन प्रस्ताव संसद्मा छलफल हुन नदिने गतिविधि अप्रजातान्त्रिक हो भन्दै विगतमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार नै ५ नम्बर प्रदेशको प्रस्ताव गरिएकाले यसको तथ्यगत परीक्षणको खाँचो औँल्याए ।

संविधानको सर्वस्वीकृतिको दायरालाई फराकिलो वातावरण बनाउने सन्दर्भमासमेत संशोधनको यो प्रस्ताव महत्वपूर्ण रहेको चर्चा गर्दै मन्त्री थापाले उत्तेजना र आवेगमा आएर सङ्घीयतालाई केन्द्रित गरियो भने यसले संवैधानिक दुर्घटना निम्त्याउन सकिने धारणा राखे ।

मन्त्री थापाले प्रदेशका सवाल उठाउँदा राष्ट्रघाती कदम भन्नेहरुप्रति लक्षित गर्दै यसरी राष्ट्रवादसँग जोडने दृष्टिकोण घातक र दुखद् हो भने । यस्तै, मन्त्री थापाले संविधान संशोधनको प्रस्तावलाई थाती राखेर चुनावमा जान नसकिने तर्क गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ