arrow

रुसमा विषाक्त मदिरा ‘बाथलोसन’ पिउँदा कम्तीमा ४८ जनाको मृत्यु

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
russia.png
मस्को । रुसको साइबेरियाली सहर इरकुस्कमा मदिराका रूपमा ‘बाथलोसन’ पिएपछि कम्तीमा ४८ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरु ३५ देखि ५५ वर्ष उमेरका रहेको स्थानीय अधिकारीले जनाएका छन् । 
विषाक्त मदिरा पिएपछि धेरैको अवस्था गम्भीर छ । मृतकहरु गरीव समूहका रहेको जनाइएको छ । 
 
स्थानीय अधिकारीले इरकुृस्कमा आपतकालीन अवस्था घोषणागरी थप मानिसको मृत्यु नहोस् भनी मदिराको रूपमा लिइने ‘बाथलोसन’ व्यापारीमाथि निगरानी बढाएका छन् भने रुसी सुरक्षा अनुसन्धान संस्थाले घटनाको छानबिन सुरु गरेको छ । 
 
स्थानीय प्रशासनले लोसनको बिक्रीमा संलग्न भएको आशङ्कामा कैयौँ मानिसलाई प्रहरी नियन्त्रणमा लिएको छ । 
 
यसैबीच रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले घटनालाई ‘हृदयबिदारक दुःखद घटना’ भन्दै यसबारे राष्ट्रपतिलाई जानकारी गराइएको बताएका छन् । 
 
इरकुस्कको क्षेत्रीय प्रशासनले जनाएअनुसार मृतक सबैमा मिथानोल नामक विषाक्त पदार्थ भेटिएको र यो बाथलोसन पिएका कारण भएको जनाएको छ । 
 
आर्थिक अवस्था कमजोर भएका कारण झण्डै एक करोड २० लाख रुसी नागरिकले स्तरहीन मदिरा सेवन गर्ने एक अध्ययनले देखाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ