arrow

महिलाको कोख भाँडामा लिने व्यवसाय नेपालमा फस्टाउदो

logo
दिपक कुमार बिष्ट,
प्रकाशित २०७३ पुष ५ मंगलबार
dipak-kumar-bista.jpeg
सरोगेसी सम्बन्धी कानुन प्रष्ट नभएका कारण यसलाई आफ्नो अनुकुल हेरेर चाहे त्यो कानुनी होस वा गैर कानुनी होस स्वास्थ्य सेवा वा पर्यटनका नाममा यो व्यवसाय दिन प्रतिदिन फस्टाउदै गएको पाइएको छ । काठमाडौँमा मात्रै सरोगेसी सेवा प्रदायक संस्थाहरूको संख्या एक दर्जनको हाराहारीमा रहेको एक गैर सरकारी संस्थाले गरेको अध्ययनले देखाएको छ। काठमाण्डौंमा अदृश्य रुपमा सञ्चालनमा रहेका ती संस्थाहरुले सरोगेसी सेवाका लागि ज्यादातर रुपमा भारतीय महिलाहरूको प्रयोग गर्ने गरेको पाईएको छ । भाडाका आमाबाट बच्चा जन्माउनका लागि धेरै जसो धनी मुलुकका मानिसहरु आउने गरेका छन । महिलाको कोख भाडामा लिएर बच्चा जन्माउन नेपाल सहज बिन्दु बनेको कुरा नेपाल त्यसैका लागि नेपाल धाउने मध्यका अस्ट्रेलियाली र इजरायलीहरूले बताएका छन् । नेपालमा महिलाको कोख भाडामा लिएर बच्चा जन्माउने प्रयोजन कै लागि पर्यटकका रुपमा आउने विदेशीहरु विभीन्न मुलकबाट आउने गरेका भए पनि अस्ट्रेलियाली र इजरायलीहरूको संख्या उल्लेख्य रहेको पाइएको छ ।
 
महिलाको कोख भाडामा लिएर बच्चा जन्माउने प्रयोजनका लागि सरोगेट मदरका रुपमा अनुबन्धित हुने महिलाले चारदेखि पाँच लाख भारतीय रुपियाँ लिने गरेको पनि अध्ययनले देखाएको छ । भारतीय महिला सरोगेट मदरका रुपमा अनुबन्धित गर्दा काठमाडौँका विभिन्न स्थानमा घर नै भाडामा लिएर बस्न कुनै समस्या नहुने र कम रकममा उपलब्ध हुने हुँदा सरोगेट मदरका रुपमा भारतिय महिला प्राथमिकतामा परेका हुनसक्ने सोहि व्यवसायलाई नियाली रहेका आफ्ने एक स्वास्थ्यकर्मीले बताए । एउटा सिङ्गै घर भाडामा लिएर सो घरमा कम्तिमा दश पन्ध्र जोडी त्यस्ता भाडाका आमाहरूलाई राखिरहेको कुरा पनि बाहिर नआएको होईन । 
 
सर्वोच्च अदालतले सरोगेसी सेवालाई वैधानिकता दिने सरकारी निर्णयको कार्यान्वयनमा रोक लगाएता पनि काठमाण्डौंमा यस किसीमको व्यवसाय रोकिएको थिएन निरन्तर चलिरहेकै थियो । २०७१ साल असोज २ गते मन्त्रिपरिषद्ले विदेशी नागरिकलाई सरोगेसी सेवा प्रदान गर्ने सम्बन्धी कार्यविधि बनाउने निर्णय गरे पश्चात काठमाण्डौंमा अवैध र गैर कानुनी धन्दाका रुपमा फस्टाउदै आएको सरोगेसीको व्यवसाय वैध रुपमा चल्नुपर्ने भएपनि सरोगेसी व्यवसाय अझै पनि प्रहरीको निगरनी र शङ्काको घेरामा रहेर प्रहरीले दुख दिने भन्ने कारण देखाएर उक्त व्यवसायबाट हुने आम्दानी तथा कमाइ प्रष्ट खुल्न नसकेको मात्र होईन खुलाउन समेत चाहदैनन् ।  र यस बारेमा खुल्ला रुपमा सुन्न पाईदैन । यति हुदा हुदै पनि गुपचुप रुप मै भएपनि सरोगेसी व्यवसाय गरिरहेकाहरू केहि खुला रूपमा देखापरे भने धेरै नयाँ सरोगेसी सेवा प्रदायक संस्था/ कम्पनी पनि खुलेता पनि सम्मानित सर्वोच्च अदालतले २०७१ साल भाद्र ८ मा उक्त कार्यविधि कार्यान्वयनमा रोक लगाएका कारण निर्धक्कसङ्ग खुलेर व्यवसाय चलाउन सकेको देखिदैन । 
 
सर्वोच्चको अन्तरिम आदेशपछि स्वास्थ्य मन्त्रालयले आमाको कोख भाडामा लिई बच्चा जन्माउने सेवा (सरोगेसी)लाई गैरकानुनी भन्दै अब देखि सञ्चालन गर्न गराउन नपाइने सूचना २०७१ साल भाद्र १८ मा जारी पनि गरिसकेको अवस्था छ। मन्त्रालयले २०७१ साल भाद्र २१ मा भाडाका आमाहरूलाई चिकित्सकीय सेवा प्रदान गरि रहेका अस्पताललाई पनि पत्राचार गरेर सरोगेसीका लागि उपलब्ध गराउदै आएको सेवा उपलब्ध नगर्न नगराउन निर्देशन पनि दिइ सकेको स्थिती छ । यद्यपि कानुनी रुपमा वैधानिक हैसियतले सरोगेसी सेवा उपलब्ध गराउन समस्या भएपनि सरोगेसी व्यवसाय धन्दाका रुपमा फस्टाउदो छ रोकिएको छैन । यस्तै सरोगेसी व्यवसाय अर्थात कारोबार गर्ने एउटा कम्पनीसङ्ग एक जना छझ्मभेषी सेवाग्राहीका रुपमा गरेको प्रश्नको जवाफमा कम्पनीकी प्रतिनिधिले आफनो नाम नबताउने शर्तमा सरोगेसीको सेवा प्रवाह भईरहेको र यसका लागि रकम ज्यादा लाग्ने जनाउँदै आधा रकम पहिले नै उपलब्ध गराउनु पर्ने र आवश्यक खर्च र अन्य प्रक्रियाबारे बताएकी थिईन ।
 
यस कुराले के देखाउँछ भने नेपाल सरोगेसी सेवा लिन र दिन सहज र उपयुक्त गन्तब्य भएको कुरा घटनाहरुले देखाएको र पुष्टि गरेको छ । सायद यसै कारण होला जे जस्ता कानुन र निर्देशन भएता पनि काठमाण्डौंमा सरोगेसीको व्यवसाय अर्थात धन्दा भूमिगत नै सहि दिन प्रतिदिन फस्टाउदो छ ।
 
(लेखक अधिवक्ता हुन् ।) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ