arrow

करोडौं खर्चिएर काममा लगाइएका पाइलटहरु धमाधम धोका दिंदै

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
pilot-plane-cartoon.jpeg
काठमाडौं । प्राविधिक तालिममा करोडौं खर्चिएर काममा लगाइएका वरिष्ठ पाइलटले नियम लत्याउँदै बढी तलब सुविधाको लोभमा धमाधम जागिर छाडेर अन्य कम्पनी जान थालेका छन् । पछिल्ला केही महिनामा विभिन्न वायुसेवा निगमबाट करिब आधा दर्जन वरिष्ठ पाइलट उड्ययन नियमविपरीत अग्रिम जानकारी बिनै जागिर छाडेर गएपछि उनीहरुमाथि कारबाही माग गर्दै सम्वद्ध वायुसेवाले नियामक निकाय गुहारेका छन् ।
 
सेवासुविधा बढी पाएको भन्दै यती, सिम्रिक, सौर्य एयरलाइन्स र नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट अरु कम्पनीमा गएका छन् ।
 
यस क्रमले कम्पनी–कम्पनीबीच बैमनश्यसमेत बढाएको छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ