arrow

जर्मनीको व्यस्त बजारमा गराइएको लरी दुर्घटनामा १२ जनाको मृत्यु, ४८ भन्दाबढी घाइते

चालकलाई मारेर सुनियोजित आक्रमण

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
germany-attack.jpeg
बर्लिन । जर्मनीको बर्लिन शहरस्थित एक व्यस्त बजारमा गराइएको सुनियोजित लरी दुर्घटनामा किचिएर १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४८ बढी घाइते भएका छन् । व्यस्त क्रिसमस बजारमा आक्रमणकारीले चालकलाई नियन्त्रणमा लिएर मारी आक्रमणकारी चालकले जानीजानी लरीलाई मानिसहरुको भीडमा चलाएको प्रहरीले जनाएको छ । 
 
The vehicle left a trail of devastation in its wake, in a chilling echo of the deadly terror attack in the French city of Nice in July - and comes just one hour after the Russian ambassador was shot dead in Ankara
 
लरीले मानिस किच्न थालेपछि बजारमा आएकाहरुको भाडदौड मच्चिएको थियो । लरीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् भने चालक फरार छन् । जर्मनी सरकारले भने जानीजानी लरी चलाएर हत्या गरिएको हो या दुर्घटना भएको भन्ने यकीन नभएको जनाएको छ । तर घटनामा अफगान शरणार्थीहरुको हात रहेको अनुमान गरिएको छ । 
 
The vehicle mounted the pavement before tearing through stalls and shoppers in the market on Breitscheidplatz Square, outside the Kaiser Wilhelm Memorial Church in the German capital's main shopping area
 
घटनामा संलग्न रहेको हुनसक्ने आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाप्रति जर्मन चान्सलर एन्जेला मर्केलले दुःख व्यक्त गरेकी छिन् । क्रिसमस आइरहेका बेलामा भएको यो घटनालाई जर्मन सरकारले गम्भीर रुपले लिएको भन्दै अनुसन्धान भइरहेको जनाएको छ । 
 
As news of the incident spread globally, White House National Security Council spokesman Ned Price said the United States condemned it as an apparent terror attack 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ