arrow

युवा संघको लुम्बिनी बन्द आब्हानले जनजीवन अस्तव्यस्त, कार्यकर्ता तोडफोडमा उत्रिए

संविधान संशोधन विरोधको मुद्धा ओझेलमा

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
tiwari.jpeg
बुटबल । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको सोमबार दिउँसो गोली हानी हत्या भएको विरोधमा आह्वान गरिएको लुम्बिनी अञ्चल बन्दले जनजीवन फेरि अस्तव्यस्त भएको छ । संविधान संशोधनको विरोधमा लुम्बिनीमा भइरहेका बन्दले छुटकारा पाउँदै गर्दा भएको यो घटनाले फेरि अर्कै रुप लिएको छ । 
 
युवा संघले गरेको बन्द आह्वानले लुम्बिनी अञ्चलका ६ वटै जिल्ला प्रभावित भएका छन् । सबैजसो जिल्लाका सदरमुकामका साथै रुपन्देहीका बुटवल र भैरहवालगायतका प्रमुख शहरहरुमा युवा संघका कार्यकर्ताले बिहानैदेखि प्रदर्शन गरेका छन् ।
 
तिवारीका हत्यारालाई पक्राउ नगरेसम्म बन्द कायमै राख्ने उनीहरुले जनाएका छन् । संविधान संशोधनको विरोधका क्रममा आन्दोलनकारीहरु तोडफोडमा कमैमात्र उत्रिए पनि यसपटक युवासंघका कार्यकर्ताहरु आक्रामक बनेका छन् । 
 
सोमबार साँझ उनीहरुले बुटबलको चौडाहामा प्रहरी वृत्तमै आगो लगाएका थिए । सोमबार राति १० बजेपछिमात्र रात्रि बस बुटबलबाट ओहोरदोहोर गर्न पाएका थिए । 
 
रुपन्देहीको देवदह नगरपालिका–६ स्थित खैरनी बजारमा सोमबार दिउँसो साढे तीन बजे ४१ वर्षीय तिवारीमाथि गोली प्रहार भएको हो ।
 
युवा संघका युवाहरुले मुलुकका विभिन्न ठाउँमा हत्यारालाई कार्वाही गर्न माग गर्दै हत्याको विरोध जनाएका छन् । हेटौंडामा पनि प्रदर्शन भएको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ