arrow

कतारमा दोलखाकी युवतीको शव अलपत्र

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
bindu-thami.jpeg
दोलखा । कतारमा रहस्यमय रुपमा मृत्य भएकी दोलखा लापिलाङ्ग गाविसकी एक युवतीको शव करिव दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन । वैदेशिक रोजगारीको सिलसिलामा डेढ वर्ष अघि कतार पुगेकी दोलखा लापिलाङ्ग गाविस–३ निवासि मसली थामीको २८ वर्षिया छोरी विन्दु थामीको गत मंसिर २४ गते रहस्यमय रुपमा मृत्यु भएको थियो । 
 
कतारको दोहास्थित आफु वस्ने घरको तेस्रो तल्लामा उनलाई मृत अवस्थामा भेटिएको थियो । तर दुई साता वित्न लाग्दा समेत घट्नाको छानविन र शव स्वदेश ल्याउनेवारे सम्वन्धित निकायले कुनै पहल नगरेको मृतकका भाई गोविन्द थामीले वताए । 
 
“घट्नाको सत्यतथ्य छानविन गर्न, दोषीलाई कारवाहीको दायरामा ल्याउन, शव स्वदेश फर्काउन र उचित क्षतिपुर्तिको व्यवस्थाका लागि मेनपावर, वैदेशिक रोजगार विभाग लगाएतका निकायमा गएपनि कुनै सुनुवाई भएको छैन, उनले भने ।” कोठामा सँगै वस्ने सिन्धुपाल्चोककी शुसिला वुढाथोकीसँग विवाद भएको भोलीपल्ट विन्दुलाई मृत भेटिएको आफन्तजनको भनाइ छ । 
 
मृतकको शव दोहास्थित एक अस्पतालमा रहेको र त्यहाँको प्रहरीले घट्नावारे छानविन गरिरहेको वताईएको छ । घट्ना भएको जानकारी पाएदेखिनै मृतकका आफन्तजन नुन् बारेर वसेका छन् ।
 
मृतक थामीलाई काठमाण्डौँ धापासिस्थित एसओएस मेनपावरले क्लिनरको रुपमा डेढ वर्षअघि कतार पठाएको हो । उक्त कम्पनीले कतारवाट प्रहरी रिर्पोट प्राप्त भएपछि मात्रै अन्य प्रक्रिया अघि वढ्नसक्ने जनाएको छ । असुरक्षित मानिएको खाडी मुलुकमा यसअघि महिला कामदार पठाउन सरकारले प्रतिवन्ध लगाएपनि फुकुवा गरिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ