arrow

रोल्पामा संघर्ष समितिका थप आन्दोनका कार्यक्रम सार्वजनिक

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ पुष ५ मंगलबार
Rolpa-hamrakura.jpg.jpeg
लिबाङ (रोल्पा)। रोल्पा प्यूठान लगायतका पहाडी जिल्लालाई ५ नं प्रदेशबाट छुट्याउने गरी सरकारले संसदमा संविधान संसोधन विधेयक दर्ता गरेको बिरोधमा संयुक्त संघर्ष समिति रोल्पाले प्रेस विज्ञप्ती मार्फत आगामी कार्यक्रमका रुपरेखा सार्वजनिक गरेको छ।
 
सोमबार रोल्पाको लिबाङमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी संघर्ष समितिले आफ्ना कार्यक्रमहरु सार्वजनिक गरेको हो।
 
जस अन्तर्गत २०७३ पौष ५ गते युवा विद्यार्थीको सिट्ठी जुलुस, पौष ६ गते महिलाको जुलुस प्रदर्शन, पौष ७ गते बुद्धिजिवी उद्योगी ब्यवसायीको जुलुस प्रदर्शन, पौष ८ गते जिल्लाका सबै गाविस र नगरपालिकामा जुलुस प्रदर्शन, पौष ९ गते दिउसो १ बजे १ घण्टा सडकमा साना ठूला सवारी प्रदर्शन र पौष १० गते सडकमा  उपस्थित भई हातमा राष्ट्रिय झण्डा लिई ५ नंम्बर प्रदेश विरुद्ध सपथ ग्रहण गर्ने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक तथा नेपाली कांग्रेसका सांसद अमसिंह पुनले जानकारी दिए। 
 
उनले पत्रकार भेटघाटका क्रममा सरकारले संसदमा पेश गरेको संविधान संसोधन विधेयक फिर्ता नगरे सम्म अनवरत रुपमा आन्दोलनमा उत्रनका लागि सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध समेत गरेकोछ। जनाताका लागि मर्न परेपनि तयार छौं तर हामी माथिको अन्याय सहन सक्दैनौ उनले भने। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ