arrow

गहुँको वीऊमा आत्मनिर्भर बन्दैछ रोल्पा

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ पुष ५ मंगलबार
Rolpa-hamrakura.jpg.jpeg
लिबाङ (रोल्पा)। रोल्पा जिल्ला गहुँको वीऊमा आत्मनिर्भर बन्दै गएको जिल्ला कृषि विकास कार्यालय रोल्पाका नायव प्राविधिक सहायक अनिलकुमार शर्माले जानकारी दिए। 
 
उनका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा गहुँको वीऊका लागि छिमेकी जिल्ला, कृषि अनुसन्धान र राष्ट्रिय वीउ विजन कम्पनी शाखा कार्यालय नेपालगंजबाट १६० क्वीन्टल गहँको वीऊ आयात गरेर कृषक समूह तथा सहकारीमा वितरण गरेको थियो भने यस वर्ष ३३.७५ प्रतिशत वीऊ गत वर्षको तुलनामा कम आयात गरिएको छ।
 
जिल्लामा यस वर्ष ८८ हेक्टर जमिनको लागि डब्लु के बाह्र सय चार– १०० क्वीन्टल, डाँफे २ क्वीन्टल र गौतम ४ क्वीन्टल गरी जम्मा १०६ क्वीन्टल गहँुको वीउ प्रयोग भएको छ। यसबाट २१७२ क्वीन्टल वीउ उत्पादन हुने लक्ष्य लिइएको बरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार केहीवर्ष पहिले सम्म परम्परागत तरिकाले स्थानीय वीउ नै प्रयोग हुँदै आएकोमा पछिल्लो दिनमा उन्नत वीउ उन्नत तरिकाले शुरुवात भएपछि गहुँको वीउमा जिल्ला आत्म निर्भर बन्दै गएको हो। 
 
श्रेष्ठका अनुसार जिल्लाका सबै गाविसमा गहुँ उत्पादन हुँदै आएको भएतापनि वीऊ उत्पादनका लागि जंकोट, कोटगाउँ, खुंग्री, बडाचौर, लिबाङ, नुवागाऊँ लगायतका गाविसमा वीऊ उत्पादनको राम्रो संभावना रहेको छ। 
 
यसरी गहुँ खेतीका लागि भनेर कार्यालयले कृषकहरुलाई जिल्लामा ५ वटा मिनी टिलर बितरण गरेको छ। मिनी टिलर महिलाहरुले पनि चलाउन सकिने, समयको बचत हुने, खेतीगर्दा लगानी कम लाग्ने भएको हुँदा किशानहरु उत्साहित भएका छन्। अधिकांस परिवारका पुरुषहरु बैदेशिक रोजगारीका लागि जिल्ला बाहिर रहेको हुँदा महिलाहरुले पनि यसको प्रयोग गर्न सहज हुने भन्दै उनीहरुले खुशी ब्यक्त गरेका हुन्। पछिल्ला दिनमा यसतर्फ कृषकहरुको  आकर्षण बढ्दै गएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ