arrow

एमाले, माओवादी र समाजवादीका साढे २ सय कार्यकर्ता काँग्रेसमा

गगन थापाले यसरी गरे स्वागत

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
gagan-gayeko-pro.jpeg

कटारी । उदयपुरमा एमाले, माओवादी र संघीयसमाजवादी परित्याग गरी २ सय ५० बढी काँग्रेसमा प्रवेश गरेका छन् । नगर समिति र क्षेत्रीय समितिका पदाधिकारीसहित विभिन्न मजदुर संगठनका पदाधिकारी एवं प्रतिनिधि पार्टी प्रवेश गरेका हुन् ।

उनीहरुलाई कटारीमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले स्वागत गरे । स्वास्थ्यमन्त्री थापा स्वास्थ्यकै कामको शीलसिलामा कटारी पुगेका थिए । मन्त्री थापासँगै काँग्रेस जिल्ला सभापति विदुर बस्नेत र उदयपुर क्षेत्र नम्बर ३ का सांसद नारायण कार्कीले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गरे ।

Image may contain: 8 people, crowd

कटारी अस्पताललाई १ करोडको उपकरण हस्तान्त्रण
स्वास्थ्यमन्त्री थापाले रेडक्रसले उपलब्ध गराएको एउटा एम्बुलेन्स, अत्याधुनिक एक्सरे मेसिन र इसीजी मेसिन गरी १ करोड बराबरको उपकरण हस्तान्त्रण गरेका छन् । मंगलबार अस्पताल पुगेर स्वास्थ्यमन्त्री थापाले उपकरण हस्तान्त्रण गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ