arrow

नेपाल उद्योग वाणिज्य महासंघको ५० औ‌ं वर्षको सम्झनामा हुलाक टिकट

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
FNCCI.jpeg

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५० औ वर्ष गांठका अवसरमा हुलाक सेवा विभाग, नेपाल फिलाटेलिक व्यूरोद्वारा प्रकाशित रु। १० को स्मरणात्मक हुलाक टिकटको सूचना तथा संचार मन्त्री माननीय राम कार्कीले साेमबार एक समारोहकाबीच महासंघ सचिवालय टांचा लगाए । 

उक्त हुलाक टिकटको मुख्य विषय गोल्डन जुव्ली सेलिव्रेशन अफ एफएनसीसीआई रहेको छ भने यसको प्राविधिक पक्षमा रु। १० अंकित, ३५ एमएम र ४५ एमएम, आकार होरिजेन्टल, विभिन्न पांच रंगहरु मिश्रित रहेको छ भने यो सूचना तथा सन्चार मन्त्रालयको सन् २०१६ को फिलाटेलिक कार्यक्रममा समावेश गरी महासंघको स्वर्ण जयन्तीका अवसरमा विभागले इण्डोनेशियाको पेरुम पिरुरी प्रेसबाट जम्मा २० लाख प्रति प्रकाशन गरेको कुरा सो अवसरमा विभागका महानिर्देशक सुरेश अधिकारीले जानकारी गराए ।  
 
हुलाक टिकट अनावरण कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि सूचना तथा संचार मन्त्री राम कार्कीले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन भैसकेको सन्दर्भमा अवको मुद्दा आर्थिक प्रगति नै भएकाले निजी क्षेत्रका उद्यमी व्यवसायीहरुलाई आर्थिक प्रगतिमा लाग्न आग्रह गरे। अव हामी सवैले आर्थिक विकास, प्रगति र समृद्धिका लागि साझा मनोविज्ञान बनाउनु पर्ने उनको सुझाव थियो । 
 
मन्त्री कार्कीले स्वर्ण वर्ष मनाउंदै गरेको महासंघको अझ बढी प्रगतिको कामना गर्दै मुलुकको आर्थिक विकासको नेतृत्व अव महासंघ जस्ता संस्थाहरुले लिनुपर्ने र यस अवसरमा महासंघलाई शुभकामना समेत दिए। हुलाक टिकटका माध्यमबाट महासंघको अझ बढी गरिमा र महत्व आगामी दिनमा बढ्दै जाने विश्वास समेत मन्त्री कार्कीले व्यक्त गरे । 
 
सूचना तथा संचार मन्त्रालयका सचिव दिनेश थपलियाले देशको योगदान अनि विशिष्ट कार्यक्रमलाई टिकट प्रदान गर्ने कार्यक्रम अन्तरगत टिकट प्रदान गर्ने परम्परा रहिआएको जानकारी गराए। सचिव थपलियाले सन् १९३८ मा क्रश खुकुरीबाट शुरुगरि आर्थिक, सामाजिक, सांस्कृतिक अनि धार्मिक योगदान दिने संस्थारव्यक्तिको योगदानलाई कदर गर्दै टिकट प्रदान गरिंदै आएको समेत बताए । 
 
महासंघले राष्ट्रमा ५० वर्ष देखि पुर्याएको योगदानको उच्च कदर गर्दै टिकट प्रकाशन गरिएको पनि स्पष्ट पार्दै उहांले यसले मुलुकको श्रीबृद्धिमा थप योगदान प्रदान गर्ने विश्वास समेत व्यक्त गरे।  त्यसअघि स्वागत मन्तव्य राख्नुहुंदै महासंघका अध्यक्ष पशुपति मुरारकाले स्वर्ण वर्ष समारोहमा प्रकाशन भएको यो टिकटले महासंघको इतिहास र गरिमालाई अझ बढाएको महशुस निजी क्षेत्रले गरेको बताए।  
 
कार्यक्रममा महासंघका पूर्व महासचिव जगदिश प्रसाद अग्रवालले महासंघको राष्ट्रप्रतिको योगदानलाई उच्च मूल्याङ्कन गरि टिकट प्रकाशन गरेकोमा नेपाल सरकारप्रति आभार व्यक्त गरे। महासंघले ५० वर्षको दौरानमा धेरै उपलब्धिहरु हासिल गरेको जानकारी गराउनुहुंदै स्थापनाकालको संघर्ष अनि स्थापनाको उद्देश्य समेत प्रष्ट पारे।  त्यसैगरी कार्यक्रममा फिलाटेलिक सोसाइटीका अध्यक्ष शंकर श्रेष्ठले आर्थिक विकासलाई अगाडी बढाउन नेउवामहासंघले पुरा गरेको जिम्मेवारी सर्वव्यापी रहेको बताए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ