arrow

पूर्वीय र पाश्चात्य संगीतको त्रिवेणी बन्दै ‘सत्याकृत फ्यूजन’

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
Shatyakrit.jpeg
काठमाडौं । कोही पूर्वीय दर्शनले दिएको भजनकीर्तनलाई नै स्वर्गको ढोका सम्झिरहेका हुन्छन् भने कोही भजनकीर्तनलाई एउटा परम्परावादी सोचको उपज मान्दै आधुनिक संगीतमा झुमिरहेका हुन्छन् । कोही सामवेदको संगीतमा झुम्न मनपराईरहेका हुन्छन् भने कोही भरतको नाट्यशास्त्रले निर्देशित गरेको संगीतलाई आफ्नो रोजाईको विषय बनाईरहेका हुन्छन् । 
 
पाश्चात्य जगतको त अहिले कुरै छाडौं । पूर्वीय वाङ्मयले दिएको संगीत नै हामीहरूकोलाई पर्याप्त भईरहेकोबेलामा नेपालमा एउटा समूहले भने पूर्वीय र पाश्चात्य साहित्यका विभिन्न खालका संगीतहरुलाई संयोजन गरी एकीकृत संगीतको निर्माण गर्न थालेको छ । 
 
हजुरबुबाको पालाको भजनकीर्तन र नातीको पुस्ताको ‘पप गीत’ एकैपटक जोडेर बन्ने नयाँ संगीतबाट संगीतप्रेमीहरूलाई आनन्द दिनको लागि ‘सत्याकृत फ्यूजन रक भजन ब्याण्ड’ ले आफ्नो एकीकृत संगीतको प्रस्तुति प्रस्तुत गरिरहेको छ । करिब ५ वष अघिदेखि आफ्ना प्रस्तुतिहरु प्रस्तुत गर्दै आएको ब्याण्ड विधिवत रूपमा भने एक वर्ष अघि मात्रै दर्ता भएको हो । 
 
छोटो समयमा नै देशका विभिन्न स्थानहरूमा पुगेर आफ्नो कौशल प्रस्तुत गरिसकेको ब्याण्डले अहिलेसम्म धरान विर्तामोड, इलाम, जनकपुर, जलेश्वर, सर्लाही, नारायणघाट, चरिकोट, खाडीचौर, पोखरा, दमौली, हुँदै भारतको दार्जिलिङसम्म आफ्नो प्रस्तुति प्रस्तुत गरिसकेको सत्यकृत प्रतिष्ठानका निर्देशक विजय गाैतम 'शाकल्यदेव' ले जानकारी दिए ।
 
मूलरूपमा क्लासिकल, रक, पप र लोकगीतलाई संयोजन गरी नयाँ संगीत प्रस्तुत गर्नु नै आफूहरुको मुख्य लक्ष्य रहेको निर्देशक सालक्यदेवको भनाई थियो । 
 
प्रतिष्ठानले पूर्वीय संस्कृतिको रक्षागर्नु नै आफ्नो मूल उद्देश्य रहेको बताउँदै भजनकीर्तनलाई परम्पराबादी ढर्राबाट प्रस्तुत गर्दा हाम्रो इतिहास बोकेको भजनकीर्तन र सामवेदमा उल्लेखित कतिपय ताल र बाजाहरुको समेत लोप भईसकेकोले यस्ता लोपोन्मूख संगीतहरुको रक्षागर्न आफूहरु प्रयासरत रहेको जनाएको छ । 
 
ब्याण्डमा अहिले मादल, सितार, तवला, गितार, हार्माेनियम, पियानो, ड्रमसेट, सारंगी लगायतका बाजाहरु रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ