arrow

टेलिकम र ओरिडु कतारबीच समझौता

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
CONTRACT.jpeg
काठमाडौं ।  नेपाल टेलिकम र ओरिडु कतारबीच सहुलियत दरमा रोमिङ सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल टेलिकमका जीएसएम पोष्टपेड मोबाइल प्रयोगकर्ताहरु कतारमा गएको समयमा पहिलेभन्दा सस्तो दरमा नेपालमा कल गर्न सक्ने कम्पनीले जनाएको छ।
 
मंसिर ३० गते कतारमा सम्पन्न उक्त सम्झौतामा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत प्रदीपराज उपाध्याय र ओरिडु कतारको तर्फबाट खलिद आल मन्सुरिले हस्ताक्षर गरे।
 
यो सम्झौता आगामी जनवरीदेखि लागू हुनेछ । यो भन्दा पहिले सन् २००६ अक्टोबर १२ मा नेपाल टेलिकम र ओरिडु कतार बीच अन्तर्राष्ट्रिय रोमिङ सेवासम्बन्धी सम्झौता भएको थियो । हाल सोही सम्झौताको महसुल दरलाई परिमार्जन गरिएको  नेपाल टेलिकम प्रवक्ता प्रतिभा बैद्यद्वार  जारी विज्ञाप्तिमा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ