arrow

रोजगारदाताकै कारण विश्वका ७० प्रतिशत कर्मचारीहरु कामप्रति ध्यान दिँदैनन्

यसरी केन्द्रीत गर्न सकिन्छ कर्मचारीलार्इ कामप्रति

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ पुष ५ मंगलबार
everyday-workers.png
काठमाडौं । ‘यदि कुनैपनि व्यक्तिले इमान्दारितापूर्वक काम गरिरहेको हुन्छ भने उसको सेवा सुविधा र पारिश्रमिकको विषयमा काम लगाउने व्यक्ति नै ध्यान दिनुपर्छ, यही होईन भने त्यो व्यक्ति दीर्घकालसम्म टिक्न सक्दैन ।’ यो पूर्वीय वाङ्मयले सिकाएको पाठ हो । तर जो व्यक्ति कामचोर व्यवहार देखाउँछ उसको सेवासुविधाको विषयमा भने कुनैपनि चासो दिनु आवश्यक छैन ।’ यो चाणक्य नीतिले सिकाएको पाठ हो । 
 
तर विश्वमा एउटा यस्तो रिपोर्ट सार्वजनिक भएको छ कि जुन सुन्दा जो कोही पनि अचम्ममा पर्नसक्छन् । अमेरिकाको एक संस्थाले जारी गरेको एक रिपोर्टले विश्वका ७० प्रतिशत मानिस कामचोर प्रवृत्तिको रहेको विवरण सहितको रिपोर्ट सार्वजनिक भएपछि भने विश्वका मानिसहरु कति अल्छि बन्दै गईरहेका छन् भन्ने कुरा सार्वजनिक भएको छ । 
क्यालिफोर्निया विश्वविद्यालयका विद्यार्थीहरूले गरेको अध्ययनले ३१ प्रतिशतको हाराहारीका कामदार मात्रै आफूले गर्ने काममा गम्भीर बन्ने गरेको तथ्य सार्वजनिक गरेको छ । 
रिपोर्टका अनुसार उत्पादन तथा उच्च व्यापारमा संलग्न व्यक्तिहरु क्रमशः ३१ र ३७ प्रतिशत काममा उत्प्रेरित हुने गरेका छन् । जुन गैर उत्प्रेरितकर्मचारीहरुको तुलननामा ३ गुणा बढी हो । 
 
कर्पोरेट लिडरसिप काउन्सिुलले ५० हजार मानिसमा गरेको अध्ययनमा यस्तो देखिएको हो । 
 
म्यानेजरकै कारण धेरैले काममा ध्यान दिँदैनन् 
 
उता, अध्ययनले म्यानेजरहरुको कमजोरीका कारण नै धेरै मानिसहरु कामप्रति उत्प्रेरित हुन नसकेको देखाएको छ । म्यानेजरको बढी दबाबका कारण मानिसहरू झनै कामप्रतिको लगावबाट मुक्त हुने गरेको उक्त प्रतिवेदनको ठहर छ । 
 
त्यस्तै, नचाहिँदो नियम लगाउनाले पनि मानिसहरू देखावटी रूपमा मात्रै काम गर्ने गरेका छन् । उनीहरूले बाहिरीरुपमा काम गरेजस्तो देखिएपनि भित्री रुपमा उनीहरु कामगर्न प्रेरित नहुने गरेको भेटिएको छ । 
 
अर्को तर्फ कामदारहरुसँग गरिएको विभिन्न प्रतिवद्धताहरू पूरा नगरेको खण्डमा पनि कामदारहरुले कामप्रति ध्यान नदिनेगरेको भेटिएको हो । भने म्यानेजर निष्ठुर भएको खण्डमा पनि कामदारहरूलाई कामप्रति माया लाग्न छाड्ने गरेको छ । 
 
त्यस्तैगरी खराव व्यक्तिहरुलाई माथिल्लो पदमा लैजाने प्रवृत्तिले पनि  कामदारहरुले काममा ध्यान नदिनेगरेको पनि अध्ययनले देखाएको छ । 
 
त्यस्तै, सबैलाई समान मुल्याङ्कन गर्नाले पनि मानिसहरूमा कामप्रति वितिष्णा जाग्ने गरेको छ । उनीहरू राम्रो कामको राम्रो मुल्याङ्कन र नराम्रो कामको नराम्रो मुल्याङ्कन गर्नुपर्नै सोचाई राख्छन् । त्यस्ता व्यक्तिमध्ये केही आफ्नो प्रस्तुतिलाई राम्रो बनाउने तर सम्बन्धित क्षेत्रसँग कुनैपनि माग नराख्ने प्रवृत्तिका हुन्छन् । 
 
तर त्यस्ता व्यक्तिहरूको मुल्याङ्कन सही समयमा गर्न नसक्दा पनि त्यस्ता व्यक्तिहरू कामप्रति चाचसो दिन छाड्ने गरेको अध्ययनले औल्याएको छ । जुन चाणक्य नीतिको कुरासँग मेल खाने खालको छ । 
 
कसरी प्रेरित गर्न सकिन्छ कामप्रति ? 
 
माथि उल्लेखित विभिन्न ७ व्यवहारमा म्यानेजरले ध्यान दिएर त्यस्ता व्यवहार  सुधार गर्दै जाने हो भने कामदारहरुमा पनि कामप्रति माया मलाउँदै जाने रिपोर्टको सुझाव छ । 
म्यानेजरले कुनैपनि कुरा बोल्नुपूर्व मैले कुनै एक व्यक्तिलाई मात्रै यस्तो भन्दैछु भन्ने सोचाई राखेर नराम्रो व्यवहार गर्न नहुने सुझाव दिईएको छ । म्यानेजरले फुर्सद् भएकोबेला कामदारहरुसँग मित्रवत् व्यवहार गर्नपनि सुझाव दिएको छ । 
 
कुनै समस्या आएको खण्डमा नआत्तिईकन कामदारहरूलाई पनि सहयोग मागेर उनीहरूको समेत संलग्नतामा काम गर्न सकेको खण्डमा कामलारहरूले पनि आफ्नो कम्पनी र कामलाई आफ्नो सम्झिने गरेका छन् । त्इसैले यस तर्फ पनि सबैले ध्यान दिनु आवश्यक रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ