arrow

महानगर यातायात अव रिङरोड भित्र पनि, ४० गाडी थप्दै

यात्रुलाई टिकटमा उपहार

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
MAHANAGAR_YATAYAT.jpeg
काठमाडौ। काठमाडौं रिङरोडमा मात्र बस सेवा दिदै आएको महानगर यातायातप्रा.लि. ले अव राजधानी काठमाडौंका भित्री रुटमा पनि बस सेवा संचालन गर्ने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी महानगर यातायातले यात्रुहरुको माग र आग्रहलाई मध्यनजर गर्दै चक्रपथभित्रका केही रुटमा यही पौष १५ गतेदेखि बस सेवा विस्तार गर्न लागिएको जानकारी गराएको हो । 
 
महानगरले अव राजधानीको वनस्थली, स्वयम्भू हुँदै कलंकी बाट भित्र कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क, जमल, कालोपुल, चावहिल, नारायण गोपालचोक, नयाँवसपार्क सम्मका रुटमा दुई तर्फी बस सेवा सञ्चालन गर्ने जानकारी अध्यक्ष मधुसुदन अधिकारीले जानकारी दिए ।  यी रुटमा तत्कालका लागि चक्रपथमै संचालनमा रहेका ३९ वस मध्ये १० वटा वसभित्री रुटमा संचालन गरिने महानगरले जनाएको छ । 
 
छिटै ठूला आकारका ४० बस थपिने
महानगरले राजधानीका भित्री रुटमा सेवाविस्तार गरेसंगै राजधानीका चक्रपथ तथा अन्य केही रुटमा संचालनगर्ने गरि थप ४० वटा ठूला सिटी वस भित्र्याउने तयारी भैरहेको जानकारी पनि महानगरले दिएको छ । अव थपिने वस थप सुविधा सम्पन्न र यात्रुमैत्री हुने पत्रकार सम्मेलनमा उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए । 
 
यात्रुलाई टिकटसहित उपहार पनि
महानगर यातायातले यही पौष १० गतेदेखि नै आफ्ना यात्रुहरुलाई प्रत्येक टिकटमा उपहारको ब्यवस्था गरेको जनाएको छ । हिमालयन हर्वल कम्पनीसंगको सहकार्यमा संचालन गर्न लागिएको उपहार योजना अन्तर्गत यात्रुहरुले प्रत्येक टिकट वापत लक्की ड्र मा सहभागी हुन पाउनेछन् । जसबाट दैनिक रुपमा १५० जनाभाग्यशाली यात्रुले हिमालय हर्वलका तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने महानगरले जनाएको छ । त्यसका साथै बस भित्र लक्की ड्रमा नपरेका यात्रुहरुले पनि आफ्नो टिकट नम्बर सहित एसएमएस मार्फत उपहार योजनामा सहभागी हुन पाउनेछन् । 
 
यात्रुहरुले तिरेको भाडा रकम संस्थासम्म पुगोस् र यात्रुहरुले पनि टिकटदर भन्दा बढी रकम तिरेर ठगिनु नपरोस भनेर टिकट लिन प्रोत्साहित गर्ने उद्देश्यले उपहारसहितको टिकटको ब्यवस्था गरिएको उपाध्यक्ष खतिवडाले पत्रकार सम्मेलनमा जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ