arrow

रौतहटमा दाईजो लिएको रकम सम्धिलाई फिर्ता

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
money.jpg.jpeg
काठमाडौं । छोराको बिवाह गर्दा लिएको रकम केटापक्षले छोरीको बाबुलाई फिर्ता गरेका छन् । रौतहट कटहहरियाका सद्दाम मन्सुर र सखुवा धमौराकी हास्मुन खातुनको बिबाहमा दाइजो स्वरुप केटीपक्षले दिएको रकम केटापक्षले फिर्ता गरेका हुन् ।
 
एक वर्षअघि छोराको बिहे गर्न कुरो छिन्दा कटहरियाका इम्रानले छोरीका बाबुसँग लिएको ५० हजार रुपैयाँ फिर्ता गरेका हुन् । रौतहटको सखुवा धमौरास्थित मुस्लिम टोलमा तीन छोराछोरीको बिबाहको कुरा छिन्दा लेनदेन गरेको दाइजो रकम फिर्ता हुन थालेको छ ।
 
उक्त टोलमा यसअघि पनि भाखारी मन्सुरीकी छोरीको बिबाह गर्न कुरो छिन्दा दिएको एक लाख ५० हजार रुपैयाँ दाइजो केटापक्षले फिर्ता गरेका थिए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ