arrow

नेपाल र भारतको राजधानी सबैभन्दा बढी प्रदुषित

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
kathmandu.JPG.jpeg
काठमाडौं । काठमाडौंमा विश्व स्वस्थ्य संगठनले तोकेको मापदण्डभन्दा २० गुणा बढी वायु प्रदूषण भएको पाइएको छ । सार्क क्षेत्रमा वातावरण, विज्ञान र जलवायु परिवर्तनसम्बन्धी काम तथा अनुसन्धान गरिरहेको नयाँ दिल्लीस्थित सेन्टर फर इन्भाइरोमेन्टको अध्ययनले उक्त तथ्य औंल्याएको हो ।
 
अध्ययनले सार्क क्षेत्रका ठूला सहरमध्ये काठमाडौं र भारतको राजधानी नयाँ दिल्ली सबैभन्दा बढी प्रदूषित सहर भएको जनाएको छ । प्रतिवेदनअनुसार दक्षिण एसियाका ठूला २२ सहरमध्ये काठमाडौं र दिल्ली सबैभन्दा प्रदूषित सहरको सूचीमा परेको छ । वायु प्रदूषणका कारण विशेष गरी सडकछेउबाट हिँडडुल गर्ने मानिस र आसपासका पसलेलाई ज्यादा असर गर्ने चिकित्सकहरुले वताएका छन् ।
 
यस्तो प्रदूषणले मानिसमा फोक्सो, मुटु, आँखा र छालाका रोगको जोखिम बढेको त्रिवि शिक्षण अस्पतालका श्वसप्रश्वास विशेषज्ञ डाक्टर कविरनाथ योगीले वताए ।
 
आजको राजधानी दैनिकमा सविन शर्माले समाचार लेखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ