arrow

४० दिने सांगितिक यात्राबाट फर्कियो कन्दरा ब्याण्ड

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
kandara-band-2.jpeg
पोखरा । नेपालको लोकप्रिय पोखरेली ब्याण्ड कन्दरा पहिलो पटक आफ्नो ४० दिने सांगेतिक यात्रा सकेर मंगलबार  स्वदेश फिर्ता भएको छ । 
एन.आर.एनए अष्ट्रेलिया र एम्बेसी अफ नेपाल कन्सोलेट जनरल अफ (एन.एस.डब्लु) को आयोजनामा अष्ट्रेलिया प्रस्थान गरेको ब्याण्डले अष्ट्रेलियाका सिड्नी, मेलबर्न, ब्रिजबेन एडिलेट, क्यानभेरा लगाएतका शहरहरुमा नेपाल फेस्टिबल अन्तर्गतका कार्यक्रमहरुमा लाइभ कन्सर्ट प्रस्तुत गरेको थियो ।
 
 बिशुद्ध मौलिक प्रस्तुती बोकेको पोखरेली ब्याण्ड कन्दराका चर्चित गितहरु हङ्गकङ्ग पोखरा, लेककी हे माया, तगारोमा रुमाल राखी, बिदेसिएर गइन उनी, तिमी पारी र पछिल्लो एल्बम भेडि गोठैमाको गितहरु प्रस्तुत गरेको भोकलिष्ट बिबेक श्रेष्ठले जानकारी दिए । 
 
अष्ट्रेलियामा नेपालीहरुको उत्साहजनक उपस्थिति र सद्धावले आँफुहरुमा थप ऊर्जा थपेको ब्याण्डका ड्रमर सुनिल थापाले बताए । सांगेतिक यात्रा लागि ब्याण्डका बुद्ध बर्जाचार्य किबोड, अमित गुरुङ्ग गितार, अशिम शेरचन गितार, अनिल गुरुङ्ग बेस गितार, अभिनास गायक मादल, सुनिल थापा ड्रमर र गायक बिबेक श्रेष्ठ गएका थिए । 
 
करिब १ दशक पछि सांगितिक रुपमा पुन सक्रिय कन्दरा ब्याण्डको प्रशंसकहरुको क्रेज अष्ट्रेलियामा उत्तिकै देखिएको थियो । अब कन्दरा ब्याण्डले आफ्नो सांगितिक यात्रालाई निरन्तरता दिने बताएको छ । नेपाल फेस्टिबल अन्तर्गतको यो सांगितिक प्रस्तुती ऐतिहासिक भएको आयोजकले बताएका छन् । कन्दरा ब्याण्डको प्रस्तुतिलाई पुराना पुस्ताले मात्र नभएर नयाँ पुस्ताले पनि रुचाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ