arrow

३५ दिने तालिमले बनायो गाउँमा पशु डाक्टर

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७३ पुष ६ बुधबार
Rukum-hamrakura.jpg.jpeg
रुकुम । रुकुमको आठविसडाँडागाउँ गाविस वडा नं. ९ का धनसीं खत्री हिजो आज आफ्नो गाउँमा कसैको गाईबस्तु विरामी भएमा उपचार गराउन निकै वेस्त हुन गर्दछन् । सामान्य लेखपढ गरेका खत्रीलाई गाउँमा कसैको गाईवस्तु विरामी हुनवित्तिकै फोन आउँछ र उनि हतार हतारमा उपचारको लागि हिड्छन् । 
 
धेरै नपढेपनि उनले २०६६ सालमा गरिवि निवारण कोषको सहयोगमा उनले चितवन गएर ३५ दिने ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता तालिम लिएपनि अहिले गाउँमा पशु डाक्टर नै बनेका छन् । खत्रीलाई गाउँका सबैले पशुका डाक्टर भनेर बोलाउने गरेका छन् । गाउँमा पशु सम्बन्धि केहि समस्या परेपछि उपचार गर्ने कोहि नभएको अवस्थामा उनले तालिम पाएर पशुलाई उपचार गर्न थालेपछि उनको दैनिकी नै परिवर्तन भएको छ । 
 
पहिले गाउँमा सामान्य किसानी गर्दै आएका खत्री तालिम पाएपछि पशुको उपचार गर्नमा वेस्त हुन गर्दछन् । ‘पहिले सामान्य किसानी काम गथ्र्ये खत्रीले भने तालिम पाएपछि गाउँमा गाईबस्तु उपाचार गर्ने, सरसल्लाह दिने काममा वेस्त हुने गरेको छु ।’ उनले थप विरामी गाउँमा गाईवस्तुलाई उपचार गरेर मासिक दश हजार रुपैयाँ सम्म आम्दानी हुने गर्दछ । यसका साथै उनले आफ्नै गाउँमा अहिले एग्रोभेट पसल समेत सञ्चालन गरेका छन् ।
 
 खत्रीले भने म एग्रोभेट पसलमा हुन्छ गाउँमा कसैको गाईवस्तुलाई केहि समस्या हुने बित्तिकै फोन लाईहाल्छ । खत्रीले गाउँमा गाईबस्तुलाई उपचार गर्न थालेपछि गाउँलेहरुलाई पनि सहज भएको थियो । उनले तालिम लिनुभन्दा पहिले गाईवस्तुलाई केहि समस्या हुन बित्तिकै कि त धामी झाँकी नत्र ४ घण्टा हिडेर आठविसकोटको राडि बजार जानुपर्ने बाध्यता रहेको थियो । तर अहिले गाउँमा नै पशुको उपचार हुन थालेको स्थानी गणेश बटालाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ