arrow

विद्यार्थीलाई समाजकल्याणका काममा लाग्न मन्त्री महतको आग्रह

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
prakash-sharan-mahat.jpg.jpeg
काठमाडौं । परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले विद्यार्थीहरुको हक हितका अतिरिक्त समाज कल्याणका काममा पनि लाग्न नेपाल विद्यार्थी संघलाई आग्रह गरे।
 
बानेश्वर शान्तिनगरस्थित ज्येष्ठ नागरिक आवास गृहका ज्येष्ठ नागरिकहरुलाई नेपाल विद्यार्थी संघद्वारा प्रदान गरिएका कम्बल वितरणगर्दै मन्त्री डा महतले समाजमा आश्रयहीन नागरिक, बालबालिका तथा बृद्धबृद्धाहरुको सहयोगका लागि विद्यार्थी बर्गले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
 
मन्त्री महतले भने– नेपालमा प्रजातान्त्रको स्थापनाका लागि संघर्ष गरेको नेपाल विद्यार्थी संघको गरिमामय इतिहासको स्मरणगर्दै वर्तमान लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरणमार्फत न्यायपूर्ण समाजको स्थापनामा लाग्नु पनि विद्यार्थीको एक प्रमुख कर्तव्य हो ।  
 
मन्त्री  महतले देश निर्माणका लागि प्रतिभाशाली र अनुशासित विद्यार्थीप्रति ठूलो भरोसा रहेकोले सामाजिक न्याय र कानुनी शासनका लागि लागिपर्न र समाजमा विभिन्न कारणले पछि परेका बर्गको सहयोग र उत्थानमा अग्रणी भूमिका निर्वाह गर्न नेपाल विद्यार्थी संघको नेतृत्वसँग आग्रह गरे। 
 
मन्त्री महतले ज्येष्ठ नागरिकहरु कसैका आमाबुबामात्र नभएर देशका नै अभिभावक भएकोले उहाँहरुमा रहेको अनुभव र सीपबाट लाभान्वित हुने र उहाँहरुको सम्मान तथा सहयोगका लागि नेपाल सरकारले विशेष नीति अख्तियार गर्ने पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ