arrow

नेपाल संयमित, फाइनल चरणको यात्रा कठिन

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1080616503.jpeg
काठमाडौं । इरानमा जारी १९ वर्ष मुनिको एएफसी छनोट फुटबलको दोस्रो खेलमा नेपाल बराबरीमै रोकिएको छ । 
 
आइतबार नेपालले कुवेतसंग १–१ को बराबरी खेलेको हो । पहिलो खेलमा आयोजक इरानसँग १०–० को फराकिलो अन्तरले स्तब्ध भएको नेपालले कुवेत विरुद्ध संयमित भएर खेलेपनि सोचे अनुरुप जित हासिल गर्न सकेन । 
 
खेलको ६१औं मिनेटमा कप्तान विमल घर्ती मगरले गोल गर्दै नेपाललाई प्रारम्भिक अग्रता दिलाए । कुवेतले विमलले गोल गरेको १० मिनेटमै गोल फर्काउँदै बराबरी गरेको हो । पछि दुवैले गोल गर्न सकेनन् । खेल बराबरी गर्दै दुबैले अंक बाँडे । 
 
यो बराबरीले नेपाललाई घाटा भएको छ । अर्को वर्ष बहराइनमा हुने फाइनल यात्रा कठिन बनेको छ । समूहको अन्तिम खेलमा नेपालले मंगलबार जोर्डनसंग खेल्ने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ