arrow

कैलाली भन्सार नाकाबाट सात ट्याङ्कर डिजेल भित्रियो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
859922776.jpeg
धनगढी। भारतीय पक्षले लगाएको अघोषित नाकाबन्दीपछि पहिलोपटक कैलाली भन्सार नाकाबाट यसअघिका दिनभन्दा बढी आज सातवटा डिजेलका ट्याङ्कर धनगढी भित्रिएका छन् ।
 
आज २० हजार लिटर क्षमताका छ वटा र १२ हजार लिटर क्षमताको एक ट्याङ्कर भित्रिएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमुख शरद पौडेलले बताउनुभयो ।
 
आज भारतीय आयल निगमका कर्मचारीले पेट्रोल दिन भने नमानेको बताइएको छ । आज पेट्रोल दिन मानेन्, चालकलाई उद्धृत गर्र्दै पौडेलले भन्नुभयो– “डिजेल दिने तर पेट्रोल नदिने कारण बुझ्न सकिएन ।”
 
सुदूरपश्चिमका लागि भारतको उत्तरप्रदेशस्थित भारतीय आयल निगमको बन्थरा डिपोबाट पेट्रोलियम पदार्थको आयात हुने गरेको छ ।
 
नाकाबन्दीपछि इन्धन भर्न नेपालबाट जाने ट्याङ्करलाई बन्थरा डिपोमा सहजरुपमा पार्किङ गर्नसमेत समस्या रहेको बताइएको छ ।
 
यसअघि शुक्रबार १२ हजार लिटर क्षमतका दुई ट्याङ्कर डिजेल र एक ट्याङ्कर पेट्रोल धनगढी भित्रिएको थियो ।
 
बन्थरा डिपोबाट अब खबर गरेपछिमात्रै इन्धन लिन ट्याङ्कर पठाउनु भन्ने खबर आएको पौडेलले बताउनुभयो । आज अरु दिनको तुलनामा केही बढी डिजेल भित्रिएको भए पनि दुई हप्ता देखिको अभावका कारण यो डिजेल पर्याप्त नभएको आयल निगमका कर्मचारीले बताएका छन् ।
 
दसैँको मुखमा आएर भएको इन्धन अभावले चाहिएजति परिमाणमा इन्धन नपाइएपछि सुदूरपश्चिममा निकै कम सङ्ख्यामा यातायातका चल्न थालेका छन् । जसका कारण आ–आफ्नो गन्तब्यतर्फ जाने हजारौँ यात्रुको आवागमन पनि असहज भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ