arrow

बाल अनुदान कोषबाट २८ बालबालिकाले पाए सहयोग

logo
गणेश खनाल,
प्रकाशित २०७३ पुष ६ बुधबार
bitaran-ganesh.jpeg
रुकुम ।  रुकुमका चार गाविसका अति  गरिवमा परको  २८ जना  बालबालिकालाई शैक्षिक सामाग्री र न्यानो कपडा सहयोग गरिएको छ । अति गरिव विपन्न परिवारका बालबालिकाहरुलाई तत्काल उद्धार तथा सहयोग गर्न  सामाग्री वितरण गरिएको हो ।
 
 यस्ता  अति गरिव संरक्षण्को अभाव जस्ता कारणले जोखिमा परेकालाई सभे द चिल्डे«न र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सञ्चालित एकिकृत परियोजना अन्र्तगत बाल  गरिवी पोषण कार्यक्रमबाट चामल तेल नुन, शैक्षिक सामाग्री कपि कलम झोला र न्यानो कपडा ज्याकेट,पैइन्ट सर्ट लगायतका सामाग्रीहरु वितरण गरिएको एकिकृत परियोजनाका पोषण अधिकृत रक्षा चन्दले बताइन ।
 
नुवाकोट ७ जना खोलागाउँका ७ सिम्लीका ७ र गरायला गाविसका ७ जना गरी  २८ जना बालबालिकाहरुले यि सामाग्री पाएका छन । सम्बन्धित  गाविसका गाउँ बाल संक्षण समितीहरुले यस्ता अति  गरिवमा रहेको बालबालिकाहरुको तथ्याक संकल गरेर सहयोग गर्न सिफारिस गरेर सहकारीमा  पठाएकाले उनीहरुलाई तत्काल उद्धारमा सहयोग गर्ने उद्धेश्यले बाल गरिबी तथा पोषण कार्यक्रमबाट लघु उद्यम विकास तालिम पाएका युवाहरु लाई घुम्तीकोष सञ्चालनका स्थानिय सहकारीको समन्वनमा सहयोग सामाग्री वितरण गरिएको  पोषण अधिकृत रक्षा चन्दको भनाई रहेको छ ।
 
 घुम्तीकोष परिचालनबाट आएको ब्याज को ५० प्रतिशत रकम बाल अनुदान कोषमा जम्मा गरी लाभाम्बित बालबालिकाहरुको सहयोग सहकारीको र  परियोजनाको सम्झौता अनुसार यि बालबालिकाहरुलाई सामाग्री सहयोग गरिएको कृषि जेटिए शुसिला शर्माको भनाई रहेको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ