arrow

झुण्डिएर दुई जनाको मृत्यु

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ पुष ६ बुधबार
bhajang.jpeg
 बझाङ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने बिकट सुर्मा गाबिसमा रुखको एउटै हागाँमा झुण्डिएर दुई जनाको मृत्यू भएको छ । सुर्मा गाबिस ६ बस्ने बर्ष १९ का पुरन बोहरा र सोही गाबिस वडा न.९ बस्ने बर्ष १७ कि संगिता बोहरा सुर्मा गाबिसको सैनगाँउ  स्थित भाटसैन सामुदायिक बनको लालीगुँरासको रुखको एउटै हागाँमा झुण्डिएर मृत्य  अबस्थामा भेटिएका छन् । 
 
सोमबार घरबाट एका एक  भागेका उनिहरु यसरी बुधबार जगंलमा मृत अबस्थामा भेटिएका छन् । घाँस काट्न गएकी महिला हरुले रुखमा झुण्डिएको अबस्थामा भेटे पछि स्थानिय र प्रहरी लाई खबर गरेपछि घटनाको सार्बजनिक भएको थियो ।  मंगलबार दुबै जना हराएको प्रहरीमा उजुरी आएको थियो प्रहरी नायब निरिक्षक हिक्मत भण्डारीले भने उनिहरु झुण्डिएको जानकारी आएको छ ।
 
 निरिक्षक भण्डारीले भने  घटना स्थल तर्फ प्रहरी परिचालन गरेका छौ , अनुसन्धान कार्य जारी रहेकाले घटनाको बिस्तृत जानकारी प्राप्त नभएको समेत बताए । मृतक दुबै जनाको प्रेम सम्बन्ध भएकाले धेरैले उनिहरु लाई भागेर बिबाह गरेको आंशका गरिएको थियो ।
 
 बिवाह समेत गरेका मृतक पुरन बोहराको एक छोरा समेत रहेको प्रहरीले जनाएको छ ।  गत बर्ष पनि सुर्मा गाबिसमा सामुहिक रुपमा तिन जना किशोरीले झुण्डिएर आत्माहत्या गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ