arrow

इस्टर्न ओपन गल्फको उपाधि शिवरामलाई, रवि चुके

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
gaulf-news.jpeg

धरान । धरानमा सम्पन्न सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको उपाधि शीर्ष वरियताका नेपाल नम्बर एक गल्फर शिवराम श्रेष्ठले जितेका छन् । निर्वाण कन्ट्री क्लबको ७० ओभर पारको गल्फ कोर्समा भएको फाइनलमा रवि खड्कालाई ७ स्ट्रोकले पछि पार्दै शिवरामले उपाधि कब्जा गरेका हुन् ।

शिवरामले चार अन्डर पार २ सय ६ स्कोर कार्ड बनाए । शिवरामले उपाधिसंगै एक लाख १० हजार रुपैयाँ जिते । शिवरामले वुधबार अन्तिम दिन दुई अन्डर पार ६८ को स्कोर कार्ड बनाए । त्यस्तै ३ ओभर पार २ सय १३ को स्कोर कार्डका साथ दोस्रो भएका रविले ७० हजार जिते । रविले अन्तिम दिन इभन पार ७० को स्कोर कार्ड बनाए ।

६ ओभर पार २ सय १६ को स्कोरका साथ तेस्रो भएका सञ्जय लामाले ५० हजार रुपैयाँ जिते । ६ लाख रुपैयाँको पुरस्कार रहेको सो प्रतियोगितामा स्थानीय व्यवसायिक खेलाडी बलभद्र राईले ८ ओभर पार २१८ को स्कोर कार्ड बनाउँदै ४० हजार रुपैयाँ सुरक्षित गरे ।

त्यस्तै, साविक विजेता भुवन नगरकोटी र धनबहादुर थापाले भने ९ ओभर पार २१९ को स्कोर कार्डका साथ पाँचौं स्थान सुरक्षित गरे । दुवैले ३२ हजार पाँच सय रुपैयाँ जितेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ