arrow

करिना-सैफको छोरा तैमूरको तस्वीर

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
karinas-son.png
एजेन्सी। बलिउड स्टार दम्पति  सैफ अली खान र करिना कपूर खान  बुवा-आमा बनेका छन्। २० डिसेम्बर मंगलवार बिहान ७:३० बजे करीना कपूरले मुम्बईको ब्रिच कैन्डी अस्पतालमा छोरालाई जन्म दिएकी छन्। करीना र सैफ अली खानले आफ्नो छोराको नाम तैमूर अली खान पटौदी राखेका छन्।
 
सन्तान जन्मेपछि समाजिक सञ्जालमा करीना र छोराको भनेर एक तस्वीर  भाइरल भएको छ। तस्वीरमा करीनासँगै एउटा बच्चा देखाइएको छ। जसको नाम तैमूर रहेको बताइएको छ। तर तस्वीर सार्वजनीक भएसँगै यसको विश्वासनियतामा प्रश्न उठेको छ। हजुबुवा रणधीर कपूरले  करीना र बच्चाको तस्वीरमा कुनै सत्यता नरहेको बताएका छन्। सन्तान प्राप्तिसँगै बलिउडका सेलिब्रेटि,आफन्त लगायत अन्यले सैफ र करीनालाई  बधाई दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ