arrow

‘कोपा देल रे’ मा बार्सिलोनाको बर्षा, तुरानको ह्याट्रिक

मेसी, सुवारेज र नेमारको अभाव रहेन

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
barca.jpeg
क्याम्प नोउ । बार्सिलोना स्पेनिश घरेलु फुटबल प्रतियोगिता कोपा देल रे को प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान क्याम्प नोउमा बिहीबार बिहान भएको खेलमा कमजोर टिम हर्कुलसमाथि दोस्रो लेगमा ७–० को फराकिलो जित हासिल गर्दै बार्सिलोना अन्तिम १६ मा ठाउँ बनाउन सफल भएको हो । 
 
Alcacer is mobbed by his team-mates after breaking his duck on what was a great night for himself and Barcelona
 
यो जितले बार्सिलोनाले समग्रमा ८–० को जितसंगै प्रिक्वार्टरफाइनलमा ठाउँ बनाएको हो । पहिलो लेगको खेलमा बार्सिलोना १–१ को बराबरीमा रोकिएको थियो । 
 
Alcacer is congratulated by fellow goalscorer Arda Turan who beams with delight for his team-mate after he finally netted
 
बार्सिलोनालाई जिताउन आर्द तुरानले ह्याट्रिक पूरा गरे । त्यस्तै पाको एल्कासेरले बार्सिलोनामा गोलको खडेरीको अन्त्य गरेका छन् । उनले बार्सिलोनाका लागि लामो समयपछि पहिलो गोल दिलाएका हुन् । 
 
Alcacer nods home to finally score his first goal since joining from Valencia
 
बार्सिलोनाको फराकिलो जितका लागि लुकास डिग्ने, इभाँ राकिटिक र राफिन्हाले पनि एक एक गोल गरे । 
 
Lucas Digne pokes home the opener to give Barcelona an aggregate lead after the first leg clash ended in a 1-1 draw
 
यो खेलमा मुख्य गोलकर्ताहरु लिओनल मेसी, लुइस सुवारेज र नेमार भने थिएनन् । उनीहरुलाई प्रशिक्षक लुइस इन्रिकले बिदा दिएका छन् । 
 
France international Digne, who joined the La Liga giants from PSG this summer, celebrates after putting the hosts ahead
 
बार्सिलोनाको यो जितले भने शीर्ष खेलाडीहरुको अभाव खड्कन दिएन । 
Ivan Rakitic looks full of concentration as he side-foots home the ball from the penalty spot to double the advantage
अन्य खेलमा भ्यालेन्सियाले लेगनेसलाई २–१ ले, ओसासुनाले ग्रानाडालाई २–० ले, डेपोर्टिभोले रियल बेटिसलाई ३–१ ले, सेभिल्लाले फर्मेन्टेरालाई ९–० ले हरायो । सेभिल्लालाई जिताउने क्रममा लुसियानो डारियो भिट्टो र पाउलो गान्सोले ह्याट्रिक गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ