arrow

दाङमा बस दुर्घटना, ३ को मृत्यु, १७ घाइते

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
Dang-hamrakura.jpeg

दाङ । दाङबाट बुटवल गइरहेको यात्रुबस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । घोराही लमही सडकखण्डको मुसोटमा भएको दुर्घटनामा १७ जना घाइते भएको दाङ प्रहरीले जनाएको छ ।

लु २ ख ७७६ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ । दुर्घटनामा दाङ सतवरीयाका कृष्णबहादुर शाह, रुकुम घर भइ हाल दाङको सौंडियार बस्ने चित्रबहादुर श्रेष्ठ र प्यूठानको स्वर्गद्वारीकी दउरी बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये १४ जनालाई उपचारका लागि कोहलपुर पठाइएको छ भने बाँकीको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ