arrow

सातौं राष्ट्रिय खेलकूद : पुरुष फुटबलमा पुलिसको विजयी सुरुवात

पूर्वाञ्चल २–१ ले पराजित

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
news-FT-st.jpeg

काठमाडौं । सातौं राष्ट्रिय खेलकूदको पुरुष फुटबलमा विभागिय नेपाल पुलिसले विजयी सुरुवात गरेको छ । सुनसरीकाे धरानमा विहिबारबाट सुरु भएको पुरुष फुटबलको पहिलो खेलमा पुलिसले पूर्वाञ्चललाई २–१ ले हराउँदै विजयी सुरुवात गरको हो ।

पुलिसलाई जिताउन १९औं मिनेटमा सुमन लामा र ३१औं मिनेटमा बुद्ध तामाङले गोल गरे । ६९औं मिनेटमा पूर्वाञ्चलका दिपक राईले गोल गरेपछि पुलिस दबाबमा आयो । यद्यपि, ७५औं मिनेटमा दिपक खाली पोष्टमा गोल गर्न चुकेपछि पूर्वाञ्चल २–१ ले पराजित हुन पुगेको हो ।  

सातौं राष्ट्रिय खेलकूदको औपचारिक उद्घाटन भने शुक्रबार विराट नगरको शहीद रंगशालामा हुनेछ । यस्तै, अर्को खेलमा राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्तीको पश्चिमाञ्चल मध्यपश्चिमाञ्चलसँग खेलिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ