arrow

उपप्रधानमन्त्री निधि र तिब्बत पिपुल्स कंग्रेस अध्यक्षबीच भेटवार्ता

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
nidhi-and-china-congress.jpeg
काठमाडौँ। उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेको चीनको स्वशासित क्षेत्र तिब्बत पिपुल्स कंग्रेस (संसद) का अध्यक्ष बाई मा चिलिन नेतृत्वको प्रतिनिधिमण्डलबीच बिहिबार बिहान भेटवार्ता भएको छ । 
 
गृहमन्त्रालयमा भएको भेटमा निकट भविष्यमा हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, दुई देशबीचको ऐतिहासिक र सांकृतिक सम्बन्धलगायतका विषयमा कुराकानी भएको थियो । त्यस अवसरमा गृहमन्त्री निधिले चीनसँगको सम्बन्धलाई नेपाल सरकारले अत्यन्त महत्व दिएको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए । उनले नेपाली भूमिबाट चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता पनि जनाए । 
 
सो अवसरमा चीनले हासिल गरेको आर्थिक समृद्धि र त्यसबाट सिर्जित अवसरको सदुपयोग गर्ने नेपालको चाहना रहेको मन्त्री निधिले उल्लेख गरे। गत वर्षको भूकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउनेतर्फ पहल गर्न मन्त्री निधिले तिब्बत पिपुल्स कंग्रेस (संसद) का अध्यक्ष बाइको ध्यानाकर्षण गराए ।
 
त्यस अवसरमा अध्यक्ष बाइले अरनिको राजमार्ग पुनःनिर्माणलाई चीन सरकारले उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाए  । साथै, उनले असल छिमेकीका नाताले नेपालको विकास निर्माणमा चीन सरकारले सदैव सहयोग गर्ने बताए  । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ