arrow

एमालेसहित विपक्षीको गठबन्धनमा ९ दल, पासवानको पार्टी थपियो

१७ गतेको शक्ति प्रर्दशनलाई क्रिसमसले २२ गते धकेल्यो

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
UML-new-aa.jpeg

काठमाडौं । नेकपा एमालेसहित विपक्षी दलले गठबन्धनमा ९ दल पुगेको छ । विहिबार एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको अध्यक्षतामा बसेको विपक्षी दलको बैठकमा दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान समेत सहभागि भए ।

पासवान जोडिएपछि विपक्षी गठबन्धनमा ९ दल पुगेका हुन् । विपक्षीहरुले संविधान संशोधन विधेयकविरुद्धको आन्दोलनलाई निरन्तरता दिने र मोर्चाबन्दीलाई अझ सशक्त पार्ने निर्णय गरेका छन् ।

यस्तै, विपक्षी गठबन्धनको बैठकले आउँदो १७ गते गर्ने भनिएको शक्ति प्रर्दशन २२ गतेलाई सार्ने निर्णय गरेको छ । १७ गते अंग्रेजी नयाँ वर्ष क्रिसमस परेको भन्दै २२ गतेलाई सारिएको संसदीय दलका उपनेता नेम्बाङले बताए ।

सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको जनभावना र संविधानविपरीतको संविधान संशोधन प्रस्तावकाविरुद्ध  पुस २२ गते राजधानीमा हुने विशाल प्रदर्शनका लागि एमाले आफैले तयारी थालेको छ । महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा तयारी तथा समन्वयका लागि कार्यदल गठन गरी काम सुरु गरिएको उमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

कार्यदलको बैठकले राजधानीभित्रका पार्टी कमिटी, जनसंगठन र सम्पर्क मञ्चहरुलाई २२ गतेका दिन आयोजना हुने प्रदर्शनमा सहभागि हुनका निर्देशन गर्दै आ–आफ्ना कार्ययोजना दुई दिनभित्र केन्द्रीय सचिवालयमा पेस गर्न भनेको छ । यस्तै, विहिबारै मोर्चा संगठन प्रमुख गोकर्ण विष्टको अध्यक्षतामा बसेको मोर्चा संगठनहरुको बैठकले कार्यक्रम सफल पार्न आ–आफ्नो क्षेत्रबाट सक्रियताका साथ लाग्ने निर्णय गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ