arrow

लोकमानसिंह कार्कीलाई सर्वोच्चभित्रै कालोमोसो

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
kalomoso.jpeg

काठमाडौं । अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालत भित्रै हातपात भएको छ ।

बिहीबार पेशीका लागि अदालत परिसर पुगेका कार्कीलाई पेशी कक्षमा जाँदै गर्दा पछाडिबाट दुइजनाले कालोमोसो दलेका छन्  । कालोमोसो दल्ने दुई जना नेकपा माओवादी जिन्दावाद भन्दै बाहिरन खोज्दा प्रहरीको फन्दामा परेका छन् ।

अदालत परिसरमा उपस्थित एक प्रत्यक्ष दर्शीले हाम्राकुरासँग भने, ‘ती दुई जना कार्कीकै गाडीको पछाडीपट्टीबाट आए । हामीले कार्कीकै कोही सहयोगि होलान् भन्ठान्यौं । भीडका बीचमा कालोमोसो दलेको कुरा आयो । पछि प्रहरीले हामीलाई अघि बढ्न दिएन ।’

कार्कीलाई कालोमोसो दल्ने नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चन्द्र बुढा र प्रकाश शाही रहेका संगठनका अध्यक्ष पूर्ण सिंहले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ