arrow

अखिलेशको चुनावी रणनिति: उत्तर प्रदेशमा 'दंगल' लाई ट्याक्स फ्रि

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
aamirwLL39S7.jpeg
एजेन्सी । आमिर खानको चलचित्र 'दंगल' लाई उत्तर प्रदेशमा ट्याक्स फ्री गरिएको छ ।  चुनावी माहोलका कारण बलिउड अभिनेता आमिर खानको चलचित्र  दंगललाई यूपीमा  ट्याक्स फ्री गरिएको बताइएको छ । चलचित्र 'दंगल २३ डिसेम्बरमा  रिलीज हुदैछ ।
 
उत्तर प्रदेशका मुख्य मन्त्री अखिलेश यादवले चलचित्रलाई  युपिमा ट्यक्स फ्री गराएका छन् ।ट्यक्स फ्रीको घोषणासँगै दर्शकले चलचित्र दंगल हेर्न ज्यादा पैसा तिर्नु पर्नेछैन ।चलचित्रमा आमिर खान  महावीर सिंह फोगटको भुमिकामा रहेका छन् । जो दुई छोरीहरु गीता (जायरा वसीम) र बबीता (सुहानी भटनागर) लाई पहलवान बनउन ट्रेनिंग दिन्छन् । दंगल चलचित्र एक  बायोपिक हो जो हरियाणाका पहलवान महावीर सिंह फोगाटको जिवनिमा आधारित रहेको छ ।
 
चलचित्रमा आमिरको भुमिका एक सफल पहलवानको रहेको छ जो छोराको आसमा छ। जसले देशका लागि स्वर्ण पदक जितोस । तर , महावीरको घरमा छोरि जन्मान्छन् । भारतिय  सेन्सर बोर्डले चलचित्र ‘दंगल’लाई  बिना कुनै काटछाट रिलीज गर्ने निर्णय गरेको छ । चलचित्रमा कुनै पनि दृश्य काटिएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ