arrow

जापानमा भीषण आगलागी, १४० घर जलेर नष्ट

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
japan-fire.jpeg
टोकियो (जापान)। जापानको उत्तरी शहर इतोगावामा एउटा चिनियाँ रेष्टुरेन्टबाट सुरु भएको आगलागीले १४० वटा घर तथा भवनमा जलेका छन्  । आगलागी नियन्त्रणका लागि सरकारले थप सुरक्षाकर्मी तथा उद्धारकर्मीसहित को टोलीलाई बिहीबार घटनास्थल तर्फ पठाएको छ । 
 
यस समाचार लेखुन्जेलसम्म आगलागी नियन्त्रणमा आएको छैन र अरु फैलिँदै थप भवनहरुमा क्षति पुर्‍याइ रहेको छ । 
 
स्थानीय जापानी सञ्चारमाध्यमका अनुसार ठूलो परिमाणमा भौतिक सम्पत्ति जलेर नष्ट भए ता पनि दुईजनालाई सामान्य चोट पटक लागेको बाहेक अन्य मानवीय क्षति भएको छैन ।  जापानीज टेलिभिजनमा प्रत्यक्ष प्रशारणमा देखाइएका दृष्यमा आगलागीपछि सुन्तला रङका विशाल ज्वाला घरका चरचरबाट निस्केको देखाइएको छ । 
 
निगाता ‘प्रिफेक्चर’ (जिल्ला) का गभर्नरले केन्द्रसँग आगलागी नियन्त्रणका लागि सैनिक सहयोग माग गरेपछि सेनाको टोली र अग्नी नियन्त्रण त्यसतर्फ गएको हो । 
 
समाचार तयार पार्दै गर्दा आगलागीबाट ५० भन्दा बढी घर जलेर ध्वस्त बनेका छन् भने आगो शहरका अन्य घरमा फैलिनेक्रम जारी छ । घटनामा केही मानिस जलेर घाइते भएका खवर प्राप्त भएपनि कसैको मृत्यु नभएको बताइएको छ । 
 
शहरका ५८६ परिवारलाई सुरक्षित स्थलमा जान सल्लाह दिइएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ