arrow

उपराष्ट्रपतिले संजयलाई दिए राष्ट्रिय झण्डा

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
SANJAY-WITH-UPARASTRAPATI.jpeg
काठमाडौं । एन्टारटिका महादेशको शिखर भिन्सन मासिफको आरोहणको तयारीमा रहेका किर्तिमानी विश्व पर्वतारोही संजय पण्डितलाई विहीवार उपराष्ट्रपति नन्द बहादुर पुनले राष्ट्रिय झण्डा र हिमालमा प्रयोग हुने आइस एक्स ( हिउँ बन्चरो) प्रदान गरेका छन् ।
 
 एसियाको सगरमाथा, अफ्रिकाको किलिमञ्जरो, युरोपको सर्वोच्च शिखर एलव्रस, अमेरिकाको सर्वोच्च शिखर एकन्कागुवा को सफल आरोहण गरि सकेका पण्डित शुक्रवार एन्टारटिका तर्फ प्रस्थान गर्न लागेका छन् । २४९५ कि.मि लामो दुरिको दौड दौडेर ख्याति कमाएका पण्डित दौड हुँदै हिमाल तर्फ आकर्षित भएका हुन् । 
 
झण्डा हस्तान्त्ररण कार्यक्रममा सांसद हिरा बहादुर के.सी., पूर्व योजना आयोगका उपाध्यक्ष डा. गोविन्द राज पोखरेल, पूर्व सांसद विर बहादुर सिंह, पूर्व सांसद मुक्ति प्रसाद शर्मा, कतार एयरका कन्ट्री म्यानेजर जय प्रकाश नेयर, राजनितिज्ञ मणि थापा, विद्यार्थी नेता मनोज मणि आचार्य, युवा उद्यमी रघु पुरी, एन.आर.एन. जापानका महासचिव अनुज थापा त्यस्तै सञ्चारकर्मि भुवन भट्टले संयुक्त रुपमा विदाइ एवम शुभकामना व्यक्त गरे।
 
 कार्यक्रममा उपराष्ट्रिपति पुनले संजय नेपालको राष्ट्रिय झण्डा एन्टारटिकामा र्फफराउने कुरामा आफु विश्वस्त रहेको बताए । उक्त कार्यक्रममा पण्डितले आफुलाई सहयोग गर्ने सम्पूर्ण सहयोगदातालाई धन्यवाद दिए । पण्डितले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो २५ घण्टा ४० मिनेट एवम अष्ट्रेृलियाको उच्च शिखर कोजियस्को ५ घण्टा १३ मिनेटमा आधार शिविर देखि शिखर सम्म नेपाली दौरा सुरुवाल र भादगाउँले टोपी लगाई उल्टो हिडेर सफलता पूर्वक किर्तिमानी आरोहण गरेका थिए भने युरोपको उच्च शिखरमा ६ मिनेट ३ सेकन्ड अर्ध नाङ्गिएर रेकर्ड कायम गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ