arrow

सेयर बजारमा सामान्य सुधार

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
Nepal-Stock-exchange.jpg.jpeg
काठमाडौँ । लगातार घट्दै आएको सेयर बजारमा बिहिबार भने सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहिबार नेप्से परिसूचक ४.७८ बिन्दुले बढेर एक हजार ४७५.४१ बिन्दुमा पुगेको छ । 
 
लगातार ओरालो लागेको बजारमा सामान्य वृद्धिको पछाडि नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउने विषयमा भएको सहमतिले काम गरेको बताइएको छ । 
 
नेपाल टेलिकमको सेयर मूल्यमा आएको वृद्धिले नेप्सेलाई उकास्न आधार दिएको बताइन्छ । दोहोरो अङ्कले झरेको बजार आज भने करिब पाँच अङ्कले उकालो लागेको हो । 
 
आज कुल १३८ कम्पनीको सात लाख ६९ हजार कित्ता सेयर रु ५० करोड २२ लाख किनबेच भएका छन् । 
 
बैंकिङ ०.२१, विकास बैंक ०.३८, उत्पादन १.६२ र अन्य समूह २.७४ प्रतिशतले बढेको छ भने होटल १.२५, जलविद्युत् ०.८७, फाइनान्स ०.५ र बिमा समूह ०.१४ प्रतिशतले घटेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ