arrow

सातौं राष्ट्रिय खेलकूद : महिला फुटबलको सेमिफाइनल भिडन्त यस्तो

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
women-ft-news.jpeg

काठमाडौं । सातौं राष्ट्रिय खेलकूद अन्तर्गत महिला फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । विहिबार समूह चरणका खेल सकिएसँगै सेमिफाइनल पूरा भएको हो । शुक्रबार हुने सेमिफाइनलमा प्रहरी र मध्यमाञ्चल तथा एपीएफ र आर्मीबीच भिड्दै छन् ।

समूह ‘क’बाट प्रहरी विजेता र एपीएफ उपविजेतका रुपमा सेमिफाइनल पुगेका हुन् । यस्तै, समूह ‘ख’बाट त्रिभुवन आर्मी ७ अंकसाथ विजेता र मध्यमाञ्चल ५ अंकसाथ समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगे ।

विहिबार भएको समूह चरणका अन्तिम खेलमा मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल विजयी भए । मध्यमाञ्चलले पूर्वाञ्चललाई २–१ ले हरायो । यस्तै, सुदूरपश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई १–० ले पराजित गर्‍याे । प्रतियोगिताबात बाहिरिसकेका यी टोलीको अन्तिम खेल प्रतिष्ठाको लागि मात्रै रहयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ