arrow

सातौं राष्ट्रिय खेलकूदको तयारी पूरा, सजियो विराटनगर

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ पुष ७ बिहिबार
satau-ko-maskat-new-a.jpeg

विराटनगर । पूर्वाञ्चलमा शुक्रबार औपचारिक संचालन हुन लागेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७३ को तयारी पुरा भएको छ । प्रतियोगिताको मुल आयोजक समितिले विराटनगरमा विहिबार पत्रकार सम्मेलन गरी शुक्रबार शहीद रंगशालामा उद्घाटन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

प्रतियोगिता विभिन्न ३५ वटा खेल समावेश छन् । प्रतियोगिताको औपचारिक सुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । प्रतियोगितालाई भव्य बनाउन पूर्वाञ्चलको सिराहा देखि पूर्वको   काँकडभिट्टासम्म एक सय बढी स्वागतद्धार बनाइएका छन् ।
पत्रकार सम्मोलनमा बोल्दै खेलकूद मन्त्री दलजित श्रीपाइलीले सातौं राष्ट्रिय खेलकूद पूर्वाञ्चलवासीका लागि गौरव र ऐतिहासिक भएको बताए । प्रतियोगिताको उद्घाटन हुने रंगशाला बेहुलीझै सिँगारिएको छ । विराटनगर खेलमय भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टले सातौ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी पूरा भएको भन्दै प्रतियोगिताले पूर्वाञ्चलको खेलकूद र खेलाडीहरुमा नयाँ जाँगर सिर्जना गर्ने बताए ।

प्रतियोगितालाई मध्यनजर गर्दै विराटनगमा विग्रे भत्केका  सडकहरुको मर्मत भएका छन् । यस्तै, सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । सदस्य सचिव विष्टले खेलाडीको आवास देखि सबैतिर सुरक्षा व्यवस्था सुदृढ पारिएको भन्दै प्रतियोगितालाई असर पर्ने गरी बन्द हडताल जस्ता कुनै पनि गतिविधि नर्गन राजनीतिक दललाई आग्रह समेत गरे ।

३० वटा खेलमध्ये स्क्वास ललितपुरमा, फेन्सिङ काठमाडौंमा र लनटेनिस पोखरामा खेलाइने छ  । प्रतियोगितामा समावेश बाँकी २७ खेलहरु पूर्वाञ्चलको मोरङ, झापा, सुनसरी, सिराहा, सप्तरी धनकुटा र उदयपुर जिल्लामा खेलाइने छ ।

प्रतियोगितामा विभिन्न खेलका तिनहजार भन्दा बढी खेलाडीहरुको सहभागिता रहने छ । सहभागि हुने खेलाडी खेलस्थल पुगिसकेका छन् ।  प्रतियोगितामा स्वर्ण, रजत र कांस्य गरी कुल ९ सय ५२ पदकको छिनोफानो हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ