arrow

नेपाली सेना शान्ति मिसनमा जाँदा आफू मातहत पठाउन भारतको लबिङ

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
nepal-UN-mission.jpeg
काठमाडौं । भारतले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा जाने नेपाली सैनिकहरुलाई आफ्नो सेना मातहत परिचालन गर्न ‘राजनीतिक लबिङ थालेपछि नेपाली सेनाले त्यस्तो नगर्न सांकेतिक प्रतिक्रिया दिएको छ ।
 
उच्च स्रोतका अनुसार भारतले क्षेत्रीय सार्क र उप–क्षेत्रीय बीबीआईएन सुरक्षाको हवाला दिँदै नेपाली सेनालाई भारतीय सेनाको कमान्ड अन्तर्गत रहने गरी शान्ति मिसनमा लैजाने अनौपचारिक प्रस्ताव राखेको थाहा पाएपछि जंगी अड्डाले त्यस्तो नगर्न राजनीतिक नेतृत्वलाई सुझाव दिएको हो ।
 
सुरुवातमा सार्कमार्फत राष्ट्रसंघ यूएनको शान्ति मिसनमा जानुपर्ने उल्लेख गर्दै आएको भारतले पाकिस्तानसँगको दूरीपछि सार्ककै अर्को उपक्षेत्रीय संगठन बीबीआईएन बंगलादेश, भुटान, भारत र नेपाल मार्फत शान्ति स्थापनार्थ खटिनुपर्ने धारणा अघि सारेको हो ।
 
भारतले नेपालको राजनीतिक तहमा लबिङ गरेपछि सशंकित बनेको सेनाले कुनै हालतमा राष्ट्रलाई घात हुने सम्झौता नगर्न अनुरोध गरेको उच्च स्रोतको दाबी छ ।
 
भारतले नेपाली सेनालाई भारतीय सेना नेतृत्वको क्षेत्रीय संरचना मातहत लैजाने प्रस्ताव बेलाबखत राख्दै आएको छ ।
 
भारतीय स्थल सेनाध्यक्ष दलबीर सिंह कात्तिक २६ गतेदेखि २८ सम्म नेपाल भ्रमणमा आउँदा पनि भारतीय पक्षबाट उक्त विषय अप्रत्यक्ष ढंगबाट उठाइएको थियो । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ