www.deltrox.com
नयाँ
कुरा

कुन त राउटेले खेती गरेको त्यसमा पनि बजार नपाउँदा के होला ?

प्रकाशित मिति : २०७३ पौष ८ शुक्रबार, १२१२ पटक हेरिएको

डडेल्धुरा । केही वर्षपहिले सम्म जङ्गलमा नै बसी जङ्गली कन्दमूल, गिट्ठा भ्याकुर खाएर जीविकोपार्जन गरिरहने राउटे जातिका मानिसलाई नेपाल सरकारले पुनःस्थापना गरेपश्चात् व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख भएका छन् । जङ्गली ओडार छोडेर गाउँघरमा बस्नाका साथै खेतबारीमा अन्न लगाउन पनि उनीहरु अग्रसर बनेका हुन् । 
 
राउटे जातिका मानिस जोगबुढाको अमपानीमा व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका भए पनि तरकारीले बजार नपाउँदा र लगानी अनुरुपको तरकारीको मूल्य पनि बजारमा नहुँदा चिन्तित बनेको राउटेका मुखिया खड्कसिंह राउटेले जानकारी गराए । 
 
अन्य व्यावसायिक कृषक जस्तै मुख्य पेसा तरकारी व्यवसाय बनाएका राउटेले लगाएको तरकारीमा बन्दा, काउली, आलु र अन्य तरकारीसमेत बजारमा खपत नहुँदा पहिलोपटक व्यावसायिक तरकारी उत्पादनमा लागेका राउटे अगुवा कृषक हतोत्साही हुनाका साथै व्यवसाय नै छोड्ने मनसाय बनाइरहेको तरकारीका क्षेत्रमा काम गरिरहेका गैरसरकारी संस्थाको भनाइ छ । 
 
परशुराम नगरपालिकाको जोगबुढा र शीर्ष क्षेत्रका कृषकले लगाएको तरकारी बजारमा खपत नहँुदा कृषक पिरोलोमा परेका छन् । 
 
भित्री मधेसको आलितालको विभिन्न क्षेत्रमा लगाएको बन्दा र काउली, मुला र हरियो तरकारीले उचित मूल्य नपाउँदा कृषक फेरि पुख्र्यौली खेतीतिर फर्कने मनस्थिति रहेको जोगबुढा आमपानीका दानसिंह राउटेले बताए । 
 
करिब तीन रोपनी जमिनमा तरकारी उत्पादन समेत राम्रो भएको तर बजारका लागि स्थानीय स्तरमा खपत हुन नसकेर जिल्ला सदरमुकाममा सस्तो मूल्यमा दिनु परेको कृषकको भनाइ छ । 
 
उत्पादन भएको तरकारीलाई समयमा बेचबिखन गर्न नसके सडेर खेरजाने भएकाले पनि सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता रहको र सस्तोमा दिँदा पनि उत्पादन अनुसारको तरकारी खपत भइनरहेको राउटेकोे भनाइ छ । रासस

सम्बन्धित समाचार

Scroll To Top