arrow

विद्युत् लाइन काटेपछि बल्ल उठ्यो ग्राहकबाट महसुलको पैसा

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
electric-transmission.jpeg
कावासोती । नेपाल विद्युत् वितरण केन्द्र, कावासोतीले विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर रु एक करोड १७ लाख ९४ हजार एक सय १५ असुल गरेको छ । पाँच महिनाको अवधिमा कावासोती केन्द्रले पाँचसय ६२ ग्राहकको लाइन काटेको छ । 
 
हुकिङ गरी विद्युत् चोरी गर्ने ६ सय ४९ जनालाई कारबाहीसमेत गरेको नेपाल विद्युत् वितरण केन्द्र कावासोतीका प्रमुख उमेशप्रसाद यादवले बताए । 
 
मिटरबाट चुहावट गर्ने ग्राहकबाट मात्रै रु ६ लाख नौहजार दुईसय ५७ असुल गरेको यादवले बताए । 
 
विद्युत् वितरण केन्द्र कावासोतीले आफ्नो क्षेत्रभित्र चुहावट कम गराउन अभियान थालेपछि अनियमित तरिकाबाट विद्युत् प्रयोग गर्ने निरुत्साहित भएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ