arrow

आइएसको घृणित हर्कतः टर्किश सेनालाई जिउँदै जलाएको भिडियो सार्वजनिक

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
IS.jpeg
स्तानबुल । इस्लामिक अतिवादी समूह आईएस बताउने एक समूहले टर्कीका दुई सेनालाई जिउँदै जलाएको भनिएको भिडियो सार्वजनिक गरेको छ । अनलाइनमार्फत सार्वजनिक गरिएको सो भिडियो सिरियामा भएको कारवाहीका क्रममा गत नोभेम्बरमा पक्राउ परेका सेनाको हो । 
 
मुस्लिमहरुलाई टर्कीले मारेको बदलामा टर्किश सेनाको हत्या गरिएको आईएसको कथन छ । तर भिडियोको स्वतन्त्र पुष्टि भने भएको छैन । टर्कीले पनि यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । 
 
टर्कीले गत महिनामात्र आफ्ना दुई सैनिक हराएको भने जानकारी गराएको थियो । भिडियोमा एक खुल्ला ठाउँमा पिँजडामा दुई सैनिक बन्द देखिन्छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ