arrow

सादगी किसुनजीको ९३ औं जन्मजयन्तीमा उनको सम्झना

कोही ठट्टा सम्झिन्छन् कोही कर्तव्यनिष्ठ

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
krishna-pd-bhattarai.jpeg
काठमाडौं । नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनःस्थापनापछिका पहिलो प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९३ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राजनीतिक फाँटमा ‘किसुनजी’ को सम्वोधनबाट परिचित भट्टराईको पाँच वर्षअघि निधन भएको थियो । नेपाली काँग्रेसको संस्थापक मध्येका एक किसुनजीलाई उहाँको पार्टीलेमात्र होइन कम्यूनिष्ट इतरका दलहरुलेसमेत सम्झने गरेका छन् । 
 
९३ औं जन्मजयन्तीको अवसरमा एमाले अध्यक्ष केपी ओलीले  सामाजिक संजाल ट्वीटरमा ‘नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष स्व। किसुनजीको जन्मजयन्तीको उपलक्ष्यमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।’ भनेका छन् । ओलीले आफू प्रधानमन्त्री भएका बेलामा किसुनजीलाई सबैका प्रधानमन्त्री भनेका थिए । 
 
२००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका किसुनजी २०५६ सालमा पनि प्रधानमन्त्री बनेका थिए । आफूलाई गान्धीवादी सन्त नेता बनाउने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे। स्पष्टवक्ता किसुनजी कर्तव्यनिष्ट भएका प्रधानमन्त्री बने । 
 
अधिकांश प्रधानमन्त्रीहरु भ्रष्ट नेताको रुपमा परिभाषित हुँदासमेत किसुनजीको सादगी जीवनदेखि सबै नतमस्त बनेका थिए । प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेपछि अकूत सम्पत्ति कमाउन उद्दत सबैलाई हैरान पार्दै किसुनजी त्यहाँबाट बाहिरिँदा केवल एउटा छाता, माटोको सुराही र टिनको बाकस लिएर फर्किएका थिए । 
 
यसै सन्दर्भमा किसुनजीको जन्मदिनको अवसर पारेर नेपाली काँग्रेसका सांसद धनराज गुरुङले भनेका छन्, ‘आज किसुनजीको जन्मदिन, उहाँ प्रम निवासबाट बाहिरिंदा एउटा छाता, माटोको सुराही र टिनको बाकस लिएर फर्कनुभयो, आफ्नो तलवभत्ता आफै बढाउनेलाई यो ुभालुलाई पुराणु हो ।’
 
स्वच्छ छविका किसुनजी ठट्टा गर्न मन पराउँथे । उनी जतिसुकै गम्भीर समस्यालाई पनि हल्का रुपमा लिएर उचित समयमा ठोस नतिजा दिलाउँथे । ठट्टा गर्दा उनले कहिलेकाहीं त आफ्नो पदीय मर्यादासमेत भुलेका किस्साहरु उनी निकटका व्यक्तिहरु बताउँछन् । सादगी किसुनजीले विवाहसमेत गरेनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ