arrow

तेस्रो सिन्धुली महोत्सव सुरु

logo
राजन परियार,
प्रकाशित २०७३ पुष ८ शुक्रबार
sindhuli-mohatsab.jpeg
सिन्धुली। ‘समृद्ध सिन्धुली निर्माणको आधार कृषी, पर्यटन र उद्योग क्षेत्रको लगानी मैत्री वातावरणमा सुधार’ भन्ने मुल नाराका साथ बिहिबारबाट सिन्धुलीमाढीमा तेस्रो सिन्धुली महोत्सव २०७३ सुरु भएको छ ।
 
महोत्सवको उदघाटन गर्दै उपप्रधानमन्त्री कृष्ण वहादुर महराले महोत्सवले मनोरञ्जन मात्र नभइ स्थानिय उत्पादन आर्थिक क्रन्ति तर्फ उत्साहित गर्ने वताए । सिन्धुलीको विकासका लागि आफ्नो सरकारले गर्नसक्ने सक्दो सहयोग गर्ने बताए । 
 
भुकम्प पछि आर्थीक गतीविधिहरु रोकीएको स्मरण गर्दै उनले पुनर्नीमाण र आर्थीक सम्वृद्धी संगसंगै लैजाने सरकारी प्रयास भएको बताए । समसामयीक राजनीतिक गतीरोधको अन्त्य गर्दै आगमी एक वर्ष भित्र तिनै तहको निर्बाचन सम्पन्न गरेपछि देश आर्थीक विकास तर्फ अघि बढ्ने वताए ।’ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढीको विकासका लागि मन्त्रालयले आवश्यक वजेट विनियोजन गर्ने उनको भनाई थियो । 
 
आगामी बजेटमा वीपी कोइराला लगायतका कोइराला परिवारबाटै चारचार जना प्रधानमन्त्री जन्माउन सफल सिन्धुली जिल्ला र कम्युनिष्ट पार्टीका संस्थापक नेताहरु जन्माएको रामेछाप जिल्ला पनि विशेष कार्यक्रम ल्याउने महराले जनाए । 
सिन्धुली उद्योग वाणीज्य संघ, जिल्ला विकास समिति र कमलामाई नगरपालिकाको आयोजनामा संचालन भएको महोत्सव आगामी १८ गतेसम्म संचालन हुने छ । 
 
महोत्सवमा जिल्ला स्थित कला, संस्कृती, धार्मीक र ऐतिहासिक स्थलको संरक्षण, आन्तरीक पर्यटन, उद्योग ब्यापार तथा कृषिमा आधारित जुनारको प्रबद्र्धन तथा सूचना प्रविधिको विकास गरिने आयोजक तथा सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष विनेशकुमार श्रेष्ठले बताए । 
 
महोत्सवमा २ सय ५० वटा स्टल राखीएको छ भने महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुबाट भरपुर मनोरञ्न प्रदान गरिने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ