arrow

कृषि परियोजना सुरु

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
kisan-naya-photo.jpeg
बाबियाचौर (म्याग्दी) । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको छ । कृषिमा व्यवसायीकरण, विविधीकरण र यान्त्रीकरण गरी कम लागनमा बढी उत्पादन गर्ने उद्देश्यले १० वर्षे परियोजना सुरु भएको हो । 
 
परियोजनाअन्तर्गत जिल्लामा मकै र तरकारी खेतीको उत्पादन तथा प्रशोधन केन्द्र (बल्क) आयोजना सञ्चालन गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बेनी नगरपालिकामा तरकारी र नगरपालिकासहित अर्मन, भकिम्ली र बरञ्जामा मकैबालीको उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गरिने वरिष्ठ कृषि विकास अधिकृत, श्यामप्र्रसाद रिजालले बताए । 
 
केन्द्रले एक हजार हेक्टर क्षेत्रफल समेट्ने जनाइएको छ । कृषक समूह र कृषि सहकारी संस्थामार्फत सञ्चालन हुने आयोजनामार्फत कृषि यान्त्रीकरण, पूर्वाधार विकास, व्यवसायीकरण र प्रवद्र्धनमा सघाउ पुग्ने कार्यक्रम गरिने भएको छ । 
 
बल्क आयोजना र पकेट क्षेत्रसम्बन्धी कार्यक्रमका लागि कृषि विकास कार्यालयलाई रु एक करोड २७ लाख बजेट प्राप्त भएको छ । पकेट क्षेत्रमा सिँचाइ विस्तार, उपकरण खरिद र उत्पादनमा आधारित अनुदानसम्बन्धी १५ वटा कार्यक्रमका लागि रु ३४ लाख ८० हजार बजेट आएको छ । 
 
मकैबाली भण्डारण भवन बनाउन रु ३४ लाख तथा दुईवटा कृषि औजार केन्द्र भवन बनाउन रु ४५ लाख बजेट प्राप्त भएको छ । 
 
कृषि तालिम केन्द्रको भवन बनाउन रु पाँच लाख, तरकारी खेतीका लागि हरित गृह बनाउन रु छ लाख र प्रयोगशाला स्थापना गर्न रु एक लाख ८० हजार प्राप्त भएको कृषि विकास कार्यालयले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ